काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तव फर्किएको केही समयपछि चिनियाँ राजदूत चेन सोङ प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भेट्न सिंहदरबार पुगेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाह र राजदूत चेनबीच भेटवार्ता सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार प्रधानमन्त्री शाहले राजदूत चेनसँग ‘वान अन वान’ भेटवार्ता गर्ने छैनन्। यसअघि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा पनि प्रधानमन्त्रीले एक्लै भेटवार्ता गरेका थिएनन्।
प्रधानमन्त्री र चिनियाँ राजदूतबीचको भेटमा नेपाल–चीन सम्बन्ध तथा आपसी हितका विषयमा छलफल हुने बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्