ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानी राष्ट्रपति र सर्वोच्च नेताबीच सात घण्टा छलफल, एकतामा जोड


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ८ : २५   बजे

काठमाडौं । इरानी राष्ट्रपति मसुद पेजेस्कियनले सर्वोच्च नेता आयतल्लाह मुज्तबा खामेनेईसँग करिब सात घण्टा लामो भेटवार्ता भएको बताएका छन्। सोमबार भएको भेटवार्ता कहाँ भएको थियो भन्नेबारे भने उनले स्पष्ट खुलाएका छैनन्।

गत मार्चमा खामेनेई सर्वोच्च नेता नियुक्त भएपछि राष्ट्रपति पेजेस्कियनले उनीसँग भेट गरेको यो दोस्रोपटक हो। अमेरिकी–इजरायली आक्रमणमा आफ्ना पिताको मृत्यु भएपछि मुज्तबा खामेनेई सर्वोच्च नेताको पदमा पुगेका हुन्। सोही आक्रमणमा उनी घाइते भएको अनुमान गरिएपछि त्यसयता सार्वजनिक रूपमा देखिएका छैनन्।

राष्ट्रपति पेजेस्कियनका अनुसार भेटमा जनताको जीविकोपार्जन, बजारको अवस्था, रोजगारी र आवासलगायत विषयमा छलफल भएको थियो। अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण उत्पन्न समस्याबारे पनि उनीहरूबीच कुराकानी भएको उनले राज्य सञ्चालित सञ्चारमाध्यम आईआरआईबीलाई बताएका छन्।

भेटमा सर्वोच्च नेता खामेनेईले राष्ट्रिय एकतामा विशेष जोड दिएको पेजेस्कियनले बताए।

“शत्रुका सबै योजनाहरू विभाजन सिर्जना गर्ने उद्देश्यले प्रेरित छन्। हामीले कुनै पनि प्रकारको विभाजन उत्पन्न हुन दिनु हुँदैन,” पेजेस्कियनले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

घारखोला जलविद्युत् आयोजनामा पहिरो : एक जनाको मृत्यु, एक घाइते

सम्बन्धित

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, १११ जनाको मृत्यु

सिरियामा रुसी सैन्य बेसको भविष्य तय, संयुक्त तालिम केन्द्रमा परिणत हुने

मोसादका दुई वरिष्ठ अधिकारी बर्खास्त, इरान सरकार ढाल्ने योजना असफल भएको दाबी

उत्तर कोरियाली क्षेप्यास्त्र गतिविधिपछि दक्षिण कोरिया–अमेरिका संयुक्त सैन्य अभ्यास गर्दै

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

हङकङमा उबरको ‘उबर एलिट’ सेवा सुरु, विलासी सवारी र विशेष चालकको सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu