ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनसुनको न्यूनचापीय रेखा सरदर आसपास, देशभर वर्षा घट्दै


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ९ : ४५   बजे

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले नेपालमा वर्षाको क्रम घटेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमानअनुसार दिउँसो हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ। तराईका एक–दुई स्थानमा समेत मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने तराईमा आंशिक बदली रहने अनुमान छ। हिमाली र पहाडी भूभागका थोरै स्थान तथा तराईका एक–दुई स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुन सक्नेछ।

काठमाडौंमा साँझपख वर्षाको सम्भावना

काठमाडौं उपत्यकामा भने मंगलबार साँझपख वर्षाको सम्भावना बढी रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद् डेभिड ढकालका अनुसार दिनभर उपत्यकाको मौसम घाम र बादलबीच रहनेछ। दिउँसो २–३ बजेपछि वर्षाको सम्भावना बढ्दै जाने र साँझ तथा राति पानी पर्ने सम्भावना तुलनात्मक रूपमा बढी रहेको उनले बताए।

यद्यपि, उपत्यकामा ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद् ढकालले बताएका छन्। उनका अनुसार मध्यमसम्म वर्षा हुन सक्ने भए पनि उपत्यकाका सबै क्षेत्रमा एकैपटक पानी पर्ने सम्भावना छैन।

कस्तो वर्षालाई के भनिन्छ?

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का वर्षा मानिन्छ। १० देखि ५० मिलिमिटरसम्म वर्षा भए मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भए भारी, १०० देखि २०० मिलिमिटरसम्म भए धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा मानिन्छ।

‘एक–दुई स्थान’ र ‘थोरै स्थान’को अर्थ

मौसम पूर्वानुमानमा प्रयोग हुने ‘एक–दुई स्थान’ भन्नाले सम्बन्धित भूभागको १० प्रतिशतभन्दा कम क्षेत्रमा वर्षा हुने सम्भावना जनाउँछ।

त्यस्तै, १० देखि ३० प्रतिशत भूभागमा वर्षाको सम्भावना हुँदा ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशतमा ‘केही स्थान’, ५० देखि ८० प्रतिशतमा ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षाको सम्भावना हुँदा **‘अधिकांश स्थान’**मा वर्षा हुने भनिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकमा थुप्रिएको पैसा अब गाडी किन्न बजारमा जाँदैछ? एक्स्पोले बढायो कर्जा प्रवाहको आशा

ग्यासको लाइन अझै हटेन : दुई दिनमै १६ हजारभन्दा बढी सिलिन्डर बिक्री, आजदेखि नियमित वितरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैंकमा थुप्रिएको पैसा अब गाडी किन्न बजारमा जाँदैछ? एक्स्पोले बढायो कर्जा प्रवाहको आशा

स्मार्ट प्रहरीको सपना : प्रविधि भित्र्याएर मात्र नागरिकको विश्वास जितिँदैन

ग्यासको लाइन अझै हटेन : दुई दिनमै १६ हजारभन्दा बढी सिलिन्डर बिक्री, आजदेखि नियमित वितरण

जापानिज इन्सेफ्लाइटिसको डरलाग्दो तथ्य : ५८ संक्रमित, १६ को मृत्यु

Indian Army Chief Begins Nepal Visit, to Receive Honorary Rank

Red Panda Marathon Returns to Solukhumbu for Third Edition

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu