ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मान


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ११ : ४५   बजे

 

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने अभिकर्ताहरूलाई सम्मान गरेको छ।

कम्पनीले शुक्रबारदेखि आइतबारसम्म बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियरमा अभिकर्ता सम्मान कार्यक्रम आयोजना गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा एमडीआरटीको लक्ष्य हासिल गर्न सफल अभिकर्ता, ‘मेगा स्टार’ उपाधि प्राप्त अभिकर्ता तथा वरिष्ठ एजेन्सी म्यानेजरहरूलाई उत्कृष्ट कार्यसम्पादन, समर्पण र कम्पनीको व्यवसायिक वृद्धिमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

सम्मानित अभिकर्ताहरूलाई सम्मानपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा प्रा.डा. भगवान कोइराला तथा डा. विष्णुप्रसाद रेग्मीले स्वास्थ्य, जीवन र पेशागत विकाससँग सम्बन्धित उत्प्रेरणामूलक प्रस्तुति दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीको सफलताको प्रमुख आधार अभिकर्ताहरू नै रहेको बताए। उनले अभिकर्ताहरूको निरन्तर मेहनत, व्यावसायिक प्रतिबद्धता तथा ग्राहकप्रतिको उत्तरदायित्वको प्रशंसा गर्दै आगामी दिनमा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई प्रोत्साहन गर्न यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बताए।

कार्यक्रममा व्यवसाय विस्तारका सम्भावना, आगामी रणनीति तथा ग्राहकलाई गुणस्तरीय बीमा सेवा प्रदान गर्ने विषयमा छलफल गरिएको थियो। सहभागी अभिकर्ताबीच अनुभव आदानप्रदान तथा सफलताको यात्राबारे अन्तरक्रियात्मक सत्रसमेत सञ्चालन गरिएको थियो।

रिलायबल नेपाल लाइफले अभिकर्ताको क्षमता विकास, उत्प्रेरणा तथा व्यावसायिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै बीमा क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शशांक कोइरालाको किर्ते हस्ताक्षरसहित भेला स्थगितको सूचना सार्वजनिक भएपछि कांग्रेस संस्थापनइतरको आपत्ति

अमेरिकी अदालतद्वारा गौतम अदानीविरुद्धको घुसखोरी मुद्दा खारेज

सम्बन्धित

नाइमा मोबिलिटी एक्स्पोमा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक

महिला लघुवित्त र फर्स्ट माइक्रोफाइनान्स गाभिँदै

मेटलाइफ नेपालले पोखरामा गण्डकी प्रदेश कार्यालय स्थापना गर्‍यो

गर्मीमा ताजा र झोलिलो खाना खान चिकित्सकको सुझाव

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छाको बयान जारी

नाइमा मोबिलिटी एक्स्पो–२०२६ औपचारिक रूपमा सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu