ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माउण्टेन इनर्जीको नाफा २९ प्रतिशतले बढ्यो


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ११ : ४५   बजे

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको ६१ करोड ७४ लाख रुपैयाँको तुलनामा २९.०८ प्रतिशतले बढी हो।

कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ३० करोड रुपैयाँभन्दा १७.३१ प्रतिशत बढी हो। विद्युत बिक्री आम्दानीमा वृद्धि, बीमा दाबीबाट प्राप्त ९ लाख रुपैयाँ तथा ब्याज खर्चमा आएको कमीले नाफा बढाउन सहयोग गरेको कम्पनीले जनाएको छ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड ३२ लाख रुपैयाँ र रिजर्भ १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। यस अवधिमा प्रतिसेयर आम्दानी २३.७२ रुपैयाँबाट बढेर २५.५२ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५०.७८ रुपैयाँ रहेको छ।

कम्पनीले मनाङमा निर्माण गर्ने ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन गरिसकेको छ। आयोजना निर्माणका लागि आवश्यक रकम जुटाउन कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिन सक्ने बताइएको छ। कम्पनीले हाल ४२ मेगावाटको मिस्ट्रीखोला र ५ मेगावाटको ताँदीखोला जलविद्युत् आयोजनाबाट नियमित विद्युत् उत्पादन गरिरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शशांक कोइरालाको किर्ते हस्ताक्षरसहित भेला स्थगितको सूचना सार्वजनिक भएपछि कांग्रेस संस्थापनइतरको आपत्ति

अमेरिकी अदालतद्वारा गौतम अदानीविरुद्धको घुसखोरी मुद्दा खारेज

सम्बन्धित

नाइमा मोबिलिटी एक्स्पोमा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक

महिला लघुवित्त र फर्स्ट माइक्रोफाइनान्स गाभिँदै

मेटलाइफ नेपालले पोखरामा गण्डकी प्रदेश कार्यालय स्थापना गर्‍यो

गर्मीमा ताजा र झोलिलो खाना खान चिकित्सकको सुझाव

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छाको बयान जारी

नाइमा मोबिलिटी एक्स्पो–२०२६ औपचारिक रूपमा सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu