पर्सा । वीरगन्ज महानगरपालिका–१० बाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत विहारका सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ तथा पर्साको विन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार गुप्ता रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार उनीहरूलाई खानतलासी गर्दा उक्त रकम फेला परेको हो। बरामद रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्