ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमै उत्पादन भएको ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन सार्वजनिक


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १० : १५   बजे

काठमाडौं । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ ‘मेड इन नेपाल भेन्यु’ र ‘भेन्यु एन लाइन’ सार्वजनिक गरेको छ।

कम्पनीले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले यी दुई मोडल सार्वजनिक गरेको जनाएको छ।

मेड इन नेपाल भेन्यु आकर्षक डिजाइन, आधुनिक प्रविधि, प्रदर्शन र सुरक्षा विशेषतासहित बजारमा आएको छ। गाडीमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर ल्याम्प, पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफ, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले र ६ वटा एयरब्यागलगायत सुविधा छन्।

यो गाडी १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध हुनेछ।

कम्पनीका अनुसार मेड इन नेपाल भेन्युमा तीन भेरियन्ट उपलब्ध छन्। एचएक्स २ (१,१९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (१,१९७ सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९९८ सीसी पेट्रोल) भेरियन्ट बजारमा ल्याइएको हो।

यसको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, भेन्यु एन लाइन लाई स्पोर्टी र विशिष्ट शैलीमा प्रस्तुत गरिएको छ। यसमा एन–ब्रान्डेड सिट, एन–ब्रान्डेड एलोय ह्वील, सिग्नेचर रेड हाइलाइटसहितको बडी कलर क्लाडिङ तथा अन्य एन लाइन स्टाइलिङ विशेषता समावेश छन्।

कम्पनीले भेन्यु एन लाइनमा प्रविधि, आराम र व्यावहारिकतालाई कायम राख्दै थप गतिशील ड्राइभिङ अनुभव प्रदान गर्ने दाबी गरेको छ।

भेन्यु एन लाइनको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवालाई घर पुर्‍याउने चालक ट्राफिक कारबाहीमा

आज संसद्का दुवै सदन बस्दै : खानीदेखि राहदानीसम्मका विधेयकमा छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

देउवालाई घर पुर्‍याउने चालक ट्राफिक कारबाहीमा

ओली हटाउने अभियानलाई शेरधन राईको चुनौती : ‘यस्ता पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ’

आज संसद्का दुवै सदन बस्दै : खानीदेखि राहदानीसम्मका विधेयकमा छलफल

सम्पत्ति छानबिन आयोगको मुद्दा संवैधानिक इजलासमा : प्रधानन्यायाधीशको निर्णयले उठायो नयाँ न्यायिक प्रश्न

बैंकमा थुप्रिएको पैसा अब गाडी किन्न बजारमा जाँदैछ? एक्स्पोले बढायो कर्जा प्रवाहको आशा

स्मार्ट प्रहरीको सपना : प्रविधि भित्र्याएर मात्र नागरिकको विश्वास जितिँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu