ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गमगढीमा नौ दिनदेखि खानेपानी आपूर्ति बन्द, स्थानीयवासी समस्यामा


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ११ : ०५   बजे

मुगु । जिल्ला सदरमुकाम गमगढी बजारमा नौ दिनदेखि नियमित खानेपानी आपूर्ति हुन नसक्दा स्थानीयवासी समस्यामा परेका छन्। पानी आपूर्ति अवरुद्ध भएपछि बजारवासी, विद्यार्थी, कर्मचारी, व्यवसायी तथा सेवाग्राहीलाई दैनिक उपभोगका लागि आवश्यक पानी जुटाउन कठिन भएको छ।

मुगुम कार्मारोङ गाउँपालिका–९ की बिजकला बुढाले लगातार नौ दिनसम्म धारामा पानी नआउँदा बालबालिकालाई शौचालय प्रयोग गर्न तथा व्यक्तिगत सरसफाइ गर्नसमेत समस्या भएको बताइन्। सदरमुकाममै लामो समयदेखि खानेपानीको समस्या हुँदा पनि प्रभावकारी पहल हुन नसकेको उनको गुनासो छ।

छायानाथ रारा नगरपालिका–९ की कक्षा ६ मा अध्ययनरत विजय रोकायाले पानीको अभावमा टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको बताइन्। उनले गमगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मर्मत तथा व्यवस्थापनको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाइन्।

पहिरोले पाइप बगाएपछि समस्या

गमगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गोर्खबहादुर मल्लका अनुसार ताल्चामा गएको सुख्खा पहिरोले करिब ५० मिटर खानेपानीको पाइप बगाएपछि आपूर्ति प्रभावित भएको हो।

पाइप मर्मतमा समय लागेकाले सदरमुकाममा खानेपानीको समस्या भएको उनले बताए। अहिले मर्मतको काम भइरहेको समितिले जनाएको छ।

होटल व्यवसायीदेखि विद्यार्थीसमेत प्रभावित

खानेपानीको नियमित आपूर्ति नहुँदा बजारमा बसोबास गर्ने नागरिकसँगै बाहिरबाट सेवा लिन आउने सेवाग्राहीसमेत प्रभावित भएका छन्।

पानीको अभावले होटल तथा चिया पसल सञ्चालन गर्ने व्यवसायी, विद्यार्थी, बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको स्थानीयवासीले बताएका छन्।

तत्काल आपूर्ति सुचारु गर्न पहल

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले खानेपानीको समस्या तत्काल समाधान गरी आपूर्ति सुचारु गर्न सम्बन्धित पक्षसँग समन्वय भइरहेको बताए।

उनका अनुसार मर्मत कार्य सकेर सदरमुकाममा खानेपानी तत्काल सञ्चालन गर्ने पहल भइरहेको छ। स्थानीयवासीले तत्काल आपूर्ति सुचारु गर्न तथा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन वितरण प्रणाली व्यवस्थित बनाउन र दीर्घकालीन योजना ल्याउन माग गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवालाई घर पुर्‍याउने चालक ट्राफिक कारबाहीमा

आज संसद्का दुवै सदन बस्दै : खानीदेखि राहदानीसम्मका विधेयकमा छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

देउवालाई घर पुर्‍याउने चालक ट्राफिक कारबाहीमा

ओली हटाउने अभियानलाई शेरधन राईको चुनौती : ‘यस्ता पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ’

आज संसद्का दुवै सदन बस्दै : खानीदेखि राहदानीसम्मका विधेयकमा छलफल

सम्पत्ति छानबिन आयोगको मुद्दा संवैधानिक इजलासमा : प्रधानन्यायाधीशको निर्णयले उठायो नयाँ न्यायिक प्रश्न

बैंकमा थुप्रिएको पैसा अब गाडी किन्न बजारमा जाँदैछ? एक्स्पोले बढायो कर्जा प्रवाहको आशा

स्मार्ट प्रहरीको सपना : प्रविधि भित्र्याएर मात्र नागरिकको विश्वास जितिँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu