ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयरबजारमा सामान्य वृद्धि, साढे ३ अर्बको कारोबार


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ३ : २५   बजे

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार नेपाली सेयर बजारमा सामान्य वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.५५ अंकले बढेर बजार बन्द भएको हो।

नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।

नेप्सेका अनुसार बुधबार १०२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ वटा कम्पनीको मूल्य घटेको छ। त्यस्तै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यस दिन माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। अन्य बढ्ने कम्पनीको सेयर मूल्य भने अधिकतम ५.४८ प्रतिशतसम्म उकालो लागेको छ।

यता आईसीएफसी फाइनान्सको ऋणपत्रको मूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ। अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य पनि १४.९८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रहेको छ। कम्पनीको बुधबार करिब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

उपसमूहतर्फ वाणिज्य बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी र सामूहिक लगानी कोष समूहको परिसूचक बढेको छ। बाँकी अधिकांश समूहका परिसूचक भने घटेका छन्।

समग्रमा कारोबार अवधिभर बजारमा खरिद र बिक्री चापबीच सन्तुलन देखिँदा नेप्से परिसूचकमा सामान्य मात्रै वृद्धि भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी विद्रोहपछि पनि युवाका समस्या समाधान भएनन् : आङ्देम्बे

एमाले पुनर्जागरण अभियानद्वारा ओलीलाई आठबुँदे माग

सम्बन्धित

सल्यानमा बोलेरो जिप भेरी नदीमा खस्दा दुई बेपत्ता, दुई घाइते

लागूऔषधविरुद्ध सर्लाहीमा युवाको दौड

भारतमा नेपाली समुदाय : पहिचान र अधिकारको जटिलता

गृहमन्त्रीले संसदीय समितिलाई बेवास्ता गरेको एमाले सांसदको आरोप

कुमारी बैंक चार वर्षपछि लाभांश वितरण गर्न सक्ने अवस्थामा

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ तान्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu