ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस वर्ष विकास र समृद्धिको वर्षः उपराष्ट्रपति पुन


एबीसी न्यूज
१ बैशाख २०७५, शनिबार   ८ : ३७   बजे

 

इलाम, १ वैशाख ।  उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्षलाई विकास र समृद्धिको वर्षको रूपमा मनाइने बताउनुभएको छ ।

इलाम सदरमुकामको माइस्थान मन्दिरमा स्थापित शीला (खलंगा) स्थापना भएको २०० औँ वर्षका अवसरमा आयोजित इलाम महोत्सवको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले प्रदेश\प्रदेश र स्थानीय तहबीच समृद्धिको प्रतिस्पर्धा हुनु आवश्यक रहेको पनि बताउनुभयो । सबैले स्वच्छ प्रतिस्पर्धाका आधारमा विकास र समृद्धिको यात्रा तय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले देशमा विभिन्न चरणमा निर्वाचन सम्पन्न गरी यो स्थितिमा आइसकेको बताउँदै उहाँले अबको एक मात्र संकल्प आर्थिक समृद्धिनै भएको बताउनुभयो । इलामले देशलाई योगदान गर्ने विशिष्ट राजनीतिक व्यक्तित्व जन्माएको भन्दै उपराष्ट्रपति पुनले यो जिल्ला सुन्दर र शान्त जिल्ला भएको विचार व्यक्त गर्नुभयो ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले देशलाई समृद्ध बनाउन सबै जनता एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य अगमप्रसाद वान्तवा, प्रदेशसभा सदस्य राम राना, धीरेन्द्र शर्मा, काजीमान कागतेलगायतको सहभागिता थियो ।

सुगौली सन्धिपछि विसं १८७५ मा इलामकै करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सरेको अवसरमा महोत्सव आयोजना गरिएको हो । खलंगा स्थापना भएको २०० वर्ष पुगेको अवसरमा ‘इलाम, हाम्रो गौरव’ नारासहित इलाम महोत्सव शुरू भएको हो । महोत्सव तीन दिनसम्म चल्नेछ ।
के हो खलंगा ? 

भारतसँगको सुगौली सन्धिपछि नगरी गढी (हाल भारत) बाट फर्किएको श्रीनाथ पल्टन इलामको माईस्थानमा आएर बसेपछि इलाममा सदरमुकाम स्थापना भएको थियो ।

सुगौली सन्धिपछि नेपाल पक्षले जितेको भूभाग छाड्दै आउने क्रममा विसं १८७५ मा इलामको नारायणस्थानमा आएर बसेको थियो । त्यसैलाई आधार मानेर सदरमुकाम (खलंगा) स्थापना भएको २००औँ वर्षगाँठ मनाइएको हो ।

वर्षगाँठको अवसरमा २०७५ वैशाख १ गतेदेखि तीनदिनसम्म विशेष कार्यक्रम आयोजना गरेर भव्यताका साथ वर्षगाँठ मनाइने इलाम नगरपालिकाका प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विदेशी मुद्राको भाउमा फेरबदल : डलर र युरो बढ्दा पाउन्ड घट्यो

Serbia Navigates Delicate Balance Between Russia and the West

Nepal’s Communication Minister Signs Performance Contract with Prime Minister

Nepal’s Ruling Party Denies Cabinet Disputes or Imminent Reshuffle

Meta Faces Potential $200 Billion Fine in Landmark Social Media Addiction Lawsuit

Meta Trial Highlights Broader Concerns About Technology’s Influence on Society

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu