ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ मा विश्वासको मत लिँदै


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १२ : ४५   बजे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन लाग्नुभएको हो।

मुख्यमन्त्रीको कार्यालयका अनुसार भदौ १ गते दिउँसो १ बजे प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ। सोही प्रयोजनका लागि मुख्यमन्त्री बानियाँले शुक्रबार प्रदेश सभा सचिवालय, हेटौँडालाई आवश्यक व्यवस्था मिलाउन पत्राचार गर्नुभएको छ।

प्रदेश सभा सचिव रामकुमार पौडेलले मुख्यमन्त्री कार्यालयबाट विश्वासको मतसम्बन्धी पत्र प्राप्त भएको जानकारी दिनुभयो। पत्रका आधारमा भदौ १ गते दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उपस्थित हुन प्रदेश सभा सदस्यहरूलाई सूचना जारी गरिएको उहाँले बताउनुभयो।

एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत

सरकारमा सहभागी एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। कांग्रेस संसदीय दलका नेता बानियाँको नेतृत्वमा रहेको सरकार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको हो।

संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्री नेतृत्वको दल वा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

सोही संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्र विश्वासको मत लिनुपर्ने भए पनि उहाँले त्यसअघि नै भदौ १ गते विश्वासको मत लिन लाग्नुभएको हो।

५३ मत आवश्यक, समीकरण पेचिलो

१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार बनाउन ५३ मत आवश्यक पर्छ। कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलको समर्थन आवश्यक छ।

प्रदेश सभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सदस्य छन्।

कांग्रेसलाई बहुमतका लागि थप १७ मत आवश्यक पर्नेमा हाम्रो नेपाली पार्टीको समर्थन प्राप्त भइसकेको छ। त्यसपछि कांग्रेसलाई बहुमत पुर्‍याउन थप १५ मत आवश्यक पर्ने देखिन्छ।

केन्द्रमा सत्ता साझेदारी गरिरहेका नेकपा र एमालेले राप्रपाको समर्थन खोजिरहेका छन्। तर राप्रपाले तत्काल सरकारमा सहभागी नहुने र सत्ताको खेलमा नलाग्ने निर्णय गरेपछि बागमती प्रदेशमा नयाँ सरकार गठनको समीकरण थप अन्योलपूर्ण बनेको छ।

अब मुख्यमन्त्री बानियाँले विश्वासको मत जुटाउन सक्नुहुन्छ वा सक्नुहुन्न भन्ने विषयले बागमती प्रदेशको आगामी सत्ता समीकरण निर्धारण गर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा शीर्ष नेतादेखि कार्यकर्तासम्मको सहभागिता

सभामुख अर्याल र प्रहरी महानिरीक्षक कार्कीबीच आज भेटवार्ता हुँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा शीर्ष नेतादेखि कार्यकर्तासम्मको सहभागिता

ग्यासको लाइन लम्बिँदा स्वदेशी बिजुलीमा भ्याटको विरोध, ऊर्जा नीतिमाथि प्रश्न

सभामुख अर्याल र प्रहरी महानिरीक्षक कार्कीबीच आज भेटवार्ता हुँदै

किशोर श्रेष्ठलाई बरामद सामग्रीसहित भदौ १ गते सर्वोच्चमा उपस्थित गराउन आदेश

Trump Imposes High Tariffs on Drones, Threatening Ukraine Export Plans

अद्यावधिकमा सुनुवाइँको व्यवस्था छैन, तर सर्वोच्चले सुनुवाइँ गर्‍यो : विश्वप्रकाश शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu