ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कारागारलाई ‘दण्ड गृह’ होइन, ‘सुधार गृह’ बनाउने सरकारको योजना


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ५ : १५   बजे

काठमाडौं । गृहसचिव राजकुमार श्रेष्ठले देशभरका कारागारलाई भौतिक पूर्वाधार र व्यवस्थापनमा सुधार गर्दै क्रमशः ‘सुधार गृह’का रूपमा विकास गर्ने सरकारको योजना रहेको बताएका छन्।

शुक्रबार संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कारागार व्यवस्थापन तथा कैदीबन्दीका अधिकारबारे धारणा राख्दै गृहसचिव श्रेष्ठले कारागारलाई केवल सजाय भोगाउने स्थानका रूपमा नभई कैदीबन्दीको सुधार र पुनःस्थापनामा केन्द्रित बनाउनुपर्ने बताए।

उनले वर्तमान कारागार नियमावलीले कैदीबन्दीलाई आफ्नो प्रजनन अधिकार उपयोग गर्ने अवसर प्रदान गरे पनि त्यसका लागि आवश्यक पूर्वाधार र सुविधा अधिकांश कारागारमा पर्याप्त नभएको स्वीकार गरे।

“कारागार नियमावलीले कैदीबन्दीलाई आफ्नो प्रजनन अधिकार उपयोग गर्ने अवसरको व्यवस्था गरेको छ। तर त्यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार र सुविधा हाम्रा कारागारहरूमा पर्याप्त छैनन्,” श्रेष्ठले भने।

कारागार सुधारका लागि भौतिक संरचना, स्वास्थ्य सेवा तथा व्यवस्थापन प्रणालीमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

गम्भीर बिरामी कैदीलाई परिवारको निगरानीमा राख्ने विकल्प

गृहसचिव श्रेष्ठले कारागारमा रहेका जटिल तथा दीर्घरोगी कैदीबन्दीको व्यवस्थापनका लागि वैकल्पिक व्यवस्था गर्न सकिने प्रस्तावसमेत अघि सारे।

उनका अनुसार निश्चित मापदण्ड र कानुनी प्रक्रिया पूरा गरेका गम्भीर तथा दीर्घरोगी कैदीलाई परिवारको निगरानीमा राख्ने वा छुट्टै उपचार तथा व्यवस्थापनको व्यवस्था गर्ने विषयमा सरकारले सोच्नुपर्ने अवस्था छ।

“निश्चित मापदण्ड र कानुनी प्रक्रियाअनुसार गम्भीर दीर्घरोगीलाई परिवारको निगरानीमा राख्ने वा छुट्टै उपचार तथा व्यवस्थापनको व्यवस्था गर्न सकिने विकल्पबारे सोच्न सकिन्छ,” उनले भने।

यसले कारागारभित्र दीर्घरोगी तथा जटिल स्वास्थ्य अवस्था भएका कैदीबन्दीको उपचार व्यवस्थापनमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सहयोग पुग्ने उनको धारणा छ।

अपराधको प्रकृतिअनुसार कैदीको व्यवस्थापन

श्रेष्ठले सबै प्रकारका अपराधमा संलग्न कैदीबन्दीलाई एउटै ढाँचामा राख्ने वर्तमान अभ्यासमा पुनर्विचार गर्नुपर्ने बताए।

उनका अनुसार अपराधको प्रकृति र गम्भीरताका आधारमा कैदीबन्दीको व्यवस्थापन, सुविधा र सजाय भुक्तानको पद्धति फरक हुनुपर्छ।

“अपराधको प्रकृतिअनुसार कैदीबन्दीको व्यवस्थापन र सुविधाको वर्गीकरण आवश्यक छ। सामान्य प्रकृतिका अपराध र गम्भीर अपराधमा संलग्न व्यक्तिलाई एउटै ढाँचामा राख्नु उचित हुँदैन,” उनले भने।

अपराधको प्रकृति र गम्भीरताका आधारमा कसलाई कस्तो सुविधा दिने र कसरी सजाय भुक्तान गराउने भन्ने विषयमा स्पष्ट मापदण्ड आवश्यक रहेको उनले बताए।

गृहसचिव श्रेष्ठले सामान्य प्रकृतिका अपराधमा संलग्न कैदीबन्दीका लागि सुधार तथा पुनःस्थापनामुखी व्यवस्था विकास गर्नुपर्नेमा जोड दिए।

सरकारको योजनाअनुसार कारागारलाई सुधार गृहमा रूपान्तरण गर्ने अवधारणाले कैदीबन्दीको अधिकार संरक्षण, स्वास्थ्य उपचार, पुनःस्थापना र अपराध दोहोरिन नदिने उद्देश्यलाई प्राथमिकतामा राख्ने देखिएको छ। त्यसका लागि भने विद्यमान कारागारको कमजोर पूर्वाधार, सीमित स्वास्थ्य सुविधा र व्यवस्थापन क्षमतामा उल्लेख्य सुधार गर्नुपर्ने चुनौती सरकारसामु रहनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्च अदालतमा अन्तिम किनारा लागे पनि पूर्ण फैसला लेख्ने कार्यमा केही समययता धिमा गति

सांसदलाई मर्यादित भाषा प्रयोग गर्न कानुन समिति सभापति बास्कोटाको निर्देशन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सर्वोच्च अदालतमा अन्तिम किनारा लागे पनि पूर्ण फैसला लेख्ने कार्यमा केही समययता धिमा गति

सांसदलाई मर्यादित भाषा प्रयोग गर्न कानुन समिति सभापति बास्कोटाको निर्देशन

सरकारले दुई सातामा गरेका कामको प्रगति सार्वजनिक

US Ambassador Condemns Israeli Settlers As ‘Terrorists’ Amid West Bank Siege

Russia Claims Strikes on Ukrainian Ports and Railways Amid Drone Attacks

देउवालाई विश्वप्रकाशको सुझाव– सानेपामा बैठक बसिरहेकालाई विरोधी नसोच्नू, सबैको सुन्नू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu