ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ६ : ०५   बजे

काठमाडौं । सगरमाथाको रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई समेटिएको वृत्तचित्र **‘रोड टु एभरेस्ट’**को ट्रेलर सार्वजनिक गरिएको छ ।

वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्रालाई साहस, संघर्ष र दृढ संकल्पका साथ प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।

नेपाली प्राविधिकको संलग्नतामा तयार गरिएको वृत्तचित्रमा कुनै पनि कृत्रिम वा कम्प्युटर सिर्जित दृश्य प्रयोग नगरिएको दाबी गरिएको छ । वृत्तचित्र निर्माणका लागि दुई वर्ष लागेको बताइएको छ ।

यसको कथा सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन् भने सञ्चारकर्मी भूषण दाहालले स्वरांकन गरेका छन् । वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ ।

५० वर्षपछि सगरमाथाको सपना

वृत्तचित्रमा ५० वर्ष नाघेका राज गुरुङको प्रेरणादायी यात्रालाई मुख्य विषय बनाइएको छ । उमेर र समयको सीमालाई चुनौती दिँदै सगरमाथा आरोहण गर्ने उनको सपनालाई वृत्तचित्रले पछ्याएको छ ।

त्यसैगरी, सगरमाथा आरोहणका जोखिम, शेर्पा समुदायको योगदान, आरोहीको साहस तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा बदलिँदै गएको हिमाली वातावरणलाई समेत वृत्तचित्रमा समेटिएको छ ।

‘रोड टु एभरेस्ट’को निर्देशन निर्मल श्रेष्ठले गरेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन’ : पूर्वमुख्यसचिव बैरागी

काठमाडौंमा २४ घण्टा ग्यास बिक्रीको तयारी

सम्बन्धित

१९७४ एडीले १५ वर्षपछि डेनमार्कमा दियो प्रस्तुति, फ्रान्समा पहिलोपटक कन्सर्ट

प्रदीप र सनिशाको ‘शुभ विवाह’ घोषणा, फागुन २१ गतेदेखि प्रदर्शन हुने

‘गौँथली’को ऐतिहासिक सफलता, ‘कबड्डी–४’लाई पछि पार्दै बन्यो दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

‘ल्याङ्ग ल्याङ्ग’मा गुराँस ढकाल मुख्य भूमिकामा अनुबन्धित

नेपालमा ‘स्पाइडरम्यान : ब्रान्ड न्यू डे’को ग्रसकलेक्सन १४ करोड ७५ लाख

११ वर्षपछि निर्देशक बनेर फर्किए सुदीप खतिवडा, मण्डलामा ‘द एज अफ डार्कनेस’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu