ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन’ : पूर्वमुख्यसचिव बैरागी


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ६ : ४५   बजे

काठमाडौं । पूर्वमुख्यसचिव शंकरदास बैरागीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सामरिक वा रणनीतिक रूपमा जोडिन नहुने बताएका छन्। नेपालको संविधान, परराष्ट्र नीति र असंलग्नताको सिद्धान्तले कुनै पनि महाशक्ति राष्ट्रको सामरिक वा सैन्य सञ्जालमा सहभागी हुने अनुमति नदिने उनको भनाइ छ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै बैरागीले तत्कालीन सरकारले एसपीपी अघि नबढाउने निर्णय गर्नुको मुख्य कारण पनि नेपाललाई रणनीतिक तथा सामूहिक सैन्य संरचनासँग जोडिन नहुने मान्यता रहेको स्पष्ट पारे।

“हाम्रो चिन्ता कहाँनिर हो भने रणनीतिक र सामूहिक कुरामा हामी जोडिनु हुँदैन भन्ने नै हो। त्यसकारण सरकारले त्यो बेला यसबाट पछि हटेको हो,” उनले भने।

बैरागीका अनुसार एसपीपीमा सहभागी हुँदा नेपाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै सामरिक संरचनासँग जोडिएको देखिन्छ कि देखिँदैन भन्ने विषयमा गम्भीर विश्लेषण आवश्यक हुन्छ। नेपालको परराष्ट्र नीति र संविधानले निर्धारण गरेको सीमाभन्दा बाहिर गएर राज्यले कुनै निर्णय गर्न नसक्ने उनको भनाइ थियो।

उनले नेपालले पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको स्मरण गराउँदै कुनै पनि महाशक्ति राष्ट्रको सैन्य वा सामरिक सञ्जालमा जोडिनु नेपालको स्थापित नीतिसँग मेल नखाने बताए।

“एसपीपीका विषयमा चर्को बहस भएको थियो। यस प्रक्रियालाई अघि नबढाउने भन्ने आधिकारिक निर्णय नै भएको हो,” बैरागीले भने, “तरंग सिर्जना भएपछि यो कार्यक्रम बन्द गरिएको थियो।”

नेपाल सरकारले २०७९ असारमा एसपीपी अघि नबढाउने तथा कार्यक्रममा सहभागी नहुने औपचारिक निर्णय गरेको थियो।

परराष्ट्र नीति दलगत स्वार्थबाट मुक्त हुनुपर्ने

बैरागीले नेपालको परराष्ट्र नीति अझै पनि दलगत तथा राजनीतिक स्वार्थबाट पर्याप्त रूपमा मुक्त हुन नसकेको टिप्पणी गरे। सरकार परिवर्तनसँगै मुलुकको परराष्ट्र नीतिमा समेत परिवर्तन देखिनु उचित नभएको उनको भनाइ थियो।

उनले राष्ट्रिय हित र दीर्घकालीन राष्ट्रिय स्वार्थलाई आधार बनाएर परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए।

“सरकार परिवर्तन हुँदैमा परराष्ट्र नीति परिवर्तन हुनु हुँदैन,” उनको भनाइ थियो।

बैरागीका अनुसार सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितसँग जोडिएका संवेदनशील विषयमा राजनीतिक दलहरूबीच न्यूनतम साझा धारणा आवश्यक हुन्छ। विशेषगरी नेपालका छिमेकी तथा मित्रराष्ट्रको हितविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने विषयमा राज्य सधैँ सजग रहनुपर्ने उनले बताए।

‘नेपालले शक्ति सन्तुलनलाई केन्द्रमा राख्नुपर्छ’

भौगोलिक तथा रणनीतिक रूपमा संवेदनशील अवस्थामा रहेको नेपालले विश्वका शक्ति राष्ट्रसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाउनुपर्ने बैरागीको धारणा छ।

नेपालसँग ठूला शक्ति राष्ट्रजस्तो आर्थिक, कूटनीतिक वा सैन्य सामर्थ्य नभएकाले आफ्नो वास्तविक क्षमताको मूल्यांकन गर्दै असंलग्नता र विषयको गुणदोषका आधारमा निर्णय गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने उनले बताए।

उनका अनुसार नेपालको राष्ट्रिय हित कुनै एउटा शक्ति राष्ट्रसँगको निकटताभन्दा माथि राखिनुपर्छ।

राष्ट्रिय एकता कमजोर हुँदा परराष्ट्र नीति पनि प्रभावित

बैरागीले राष्ट्रिय एकता कमजोर हुँदा त्यसको प्रत्यक्ष असर नेपालको परराष्ट्र नीतिमा पर्ने चेतावनीसमेत दिए।

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा लामो समयदेखि निर्माण गरेको विश्वसनीय छवि कायम राख्न आन्तरिक राजनीतिक मतभेदलाई राष्ट्रिय हितका संवेदनशील विषयमा हाबी हुन दिन नहुने उनको भनाइ थियो।

उनले नेपालले ठूला राष्ट्रिय महत्वाकांक्षा राख्न सक्ने भए पनि ती महत्वाकांक्षा पूरा गर्ने आफ्नो आर्थिक, कूटनीतिक तथा सामरिक क्षमताको यथार्थ मूल्यांकन गर्नुपर्ने बताए।

राष्ट्रिय हित, सार्वभौमसत्ता र राष्ट्रिय एकतालाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति अघि बढाउनुपर्ने उनको निष्कर्ष थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुने निधिको दाबी

नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईभी बढेसँगै ब्याट्री व्यवस्थापन नीति बनाउन विज्ञको सुझाव

निरंकुशता स्वीकार गर्दैनौं : डा. शेखर कोइराला

१५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुने निधिको दाबी

नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम

कांग्रेस एकताका लागि देउवा, कोइराला र थापालाई गच्छदारको आग्रह

गलत रेडियो फ्रिक्वेन्सीका कारण क्याथे प्यासिफिकको विमानलाई हंगेरीका लडाकु विमानले अवरोध गरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu