ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुने निधिको दाबी


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ७ : २५   बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निधिले भेलाबाट फर्किंदा कार्यकर्ताले यही सन्देश लिएर जानुपर्ने बताए।

उनले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति र कार्यसमितिलाई मात्रै १५औँ महाधिवेशन आयोजना गर्ने अधिकार रहेको दाबी गरे।

“१४औँबाट जो सभापति बनेको छ, जो कार्यसमिति बनेको छ, त्यसलाई मात्र १५औँ महाधिवेशन गर्ने अधिकार छ। फर्केर जाँदा त्यही सन्देश लिएर जानुहोस्,” निधिले भने।

विशेष महाधिवेशनप्रति आपत्ति

निधिले विशेष महाधिवेशनलाई अराजक, अवैध र धोकाधडीपूर्ण भएको आरोप लगाए। विशेष महाधिवेशनबाट बनेको कार्यसमिति तथा पदाधिकारीलाई १५औँ महाधिवेशन आयोजना गर्ने अधिकार नभएको उनको दाबी छ।

उनले १४औँबाट १५औँ महाधिवेशनमा जानु पार्टीको स्वाभाविक राजनीतिक निरन्तरता भएको बताए।

“नेपाली कांग्रेसलाई स्वाभाविक रूपले १५औँसम्म निरन्तरता दिने काम १४औँबाट निर्वाचित कार्यसमितिले गर्नुपर्छ,” उनले भने।

१५औँ महाधिवेशनको तयारी मुख्य उद्देश्य

निधिका अनुसार राष्ट्रिय भेला आयोजना गर्नुको प्रमुख उद्देश्य नै १५औँ महाधिवेशनको तयारी गर्नु हो।

डा. शशांक कोइरालाको नेतृत्वमा गठित मूल आयोजक समितिले भेलाबाट आवश्यक निर्णय र तयारी अघि बढाएर १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने पहिलो प्राथमिकता राखेको उनले बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झलनाथ खनाल र मोहनविक्रम सिंहबीच भेटवार्ता, राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल

‘धम्की र त्रासका कारण निर्वाचन आयोगले हामीलाई हरायो’ : पूर्णबहादुर खड्का

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

झलनाथ खनाल र मोहनविक्रम सिंहबीच भेटवार्ता, राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल

साहित्यिक पत्रकार संघको ५५औँ वार्षिकोत्सवमा पाँच स्रष्टा सम्मानित

‘धम्की र त्रासका कारण निर्वाचन आयोगले हामीलाई हरायो’ : पूर्णबहादुर खड्का

China Accuses U.S. of Escalating South China Sea Tensions

भारतमा बस–ट्रक ठोक्किँदा रौतहटका तीन तीर्थयात्रीको मृत्यु

China Defends Coast Guard Actions Near Disputed Reef

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu