ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यिक पत्रकार संघको ५५औँ वार्षिकोत्सवमा पाँच स्रष्टा सम्मानित


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ८ : ०५   बजे

काठमाडौं । साहित्यिक पत्रकार संघले आफ्नो ५५औँ वार्षिकोत्सवका अवसरमा साहित्य, कला, इतिहास तथा अभिनय क्षेत्रका पाँच जना विशिष्ट साधकलाई सम्मान गरेको छ।

शुक्रबार काठमाडौंमा आयोजित समारोहमा अग्रज चित्रकार तथा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले मदन चित्रकार, प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ, ज्ञान उदास, चैत्य देवी र सन्तोष पन्तलाई ‘सापस विशिष्ट सर्जक सम्मान’ प्रदान गरे।

सम्मानितमध्ये मदन चित्रकारलाई चित्रकलातर्फ, प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठलाई इतिहास तथा संस्कृतितर्फ, ज्ञान उदासलाई काव्यतर्फ तथा चैत्य देवी र सन्तोष पन्तलाई अभिनय क्षेत्रतर्फको योगदानका लागि सम्मान गरिएको हो। सन्तोष पन्तलाई हास्य अभिनय क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको संघले जनाएको छ।

यसै अवसरमा संघले ‘व्यथित काव्य डायस्पोरा सम्मान’ कवि दीपा राई पुनलाई प्रदान गरेको छ। उक्त सम्मान यसअघि नै घोषणा गरिए पनि राई विदेशमा रहेकाले नेपाल आएको अवसर पारेर प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि कर्माचार्यले साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रमले साहित्य तथा सिर्जनाका विभिन्न विधामा योगदान पुर्‍याएका स्रष्टालाई सम्मान गर्दै नेपाली कला–साहित्यको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले सम्मानित व्यक्तित्वहरूको योगदान र परिचय प्रस्तुत गरेका थिए भने राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य तथा संघको गतिविधिबारे प्रकाश पारे।

समारोहमा सम्मानित तथा पुरस्कृत स्रष्टाहरूका साथै प्रा.डा. सुरेन्द्र केसी, मदनदास श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’, पद्मावती सिंहलगायतले मन्तव्य राखेका थिए।

संघको ५५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमले साहित्य, कला र अभिनयका विभिन्न विधामा लामो समयदेखि योगदान दिँदै आएका सर्जकहरूको योगदानको सम्मान गर्नुका साथै नयाँ पुस्तालाई सिर्जनात्मक क्षेत्रमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सम्पत्ति छानबिन मुद्दा संवैधानिक इजलासमा पठाउने तयारीले सर्वोच्चमै प्रश्न : ‘इजलासको आदेशमाथि प्रशासनको हस्तक्षेप?’

कान्छाराम तामाङ : ‘चुनदेवीमा सभापतिको बोर्ड मैले कसैलाई नसोधी राखेको हुँ’

सम्बन्धित

कालीगण्डकी करिडोरको मुख्य चुनौती बन्यो सिरुबारी पहिरो, बेनी–जोमसोम सडकमा जोखिम बढ्दो

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

एलपी ग्यास वितरण व्यवस्थित गर्न जीआईएस र क्यूआर प्रणाली लागू गरिँदै

ईभी ब्याट्री दर्ता र ट्र्याकिङ प्रणाली आवश्यक : सवारी परीक्षण कार्यालय प्रमुख श्रेष्ठ

मागअनुसार ग्यास आयात भइरहेको छ, अभाव किन भयो पत्ता लगाउन सकिएन : आयल निगम

ईभी बढेसँगै ब्याट्री व्यवस्थापन नीति बनाउन विज्ञको सुझाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu