ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एलपी ग्यास वितरण व्यवस्थित गर्न जीआईएस र क्यूआर प्रणाली लागू गरिँदै


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ७ : ४५   बजे

काठमाडौं । सरकारले एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउन विभिन्न उपाय अघि बढाएको छ। नेपाल आयल निगमले ७.१ केजीको सट्टा पुनः १४.२ केजीको पूर्ण सिलिन्डर वितरण सुरु गरेपछि बजारमा देखिएको असहजता समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र निगमले संयुक्त पहल थालेका हुन्।

ग्यासको वितरणमा पारदर्शिता कायम गर्न तथा कालोबजारी नियन्त्रण गर्न निगमले जीआईएस म्याप र क्यूआर कोड प्रणालीमार्फत सिलिन्डरको स्टक तथा आवागमन निगरानी गर्ने तयारी गरेको छ। निगमका अनुसार सुरुमा प्रणालीलाई म्यानुअल रूपमा परीक्षण गरी त्यसपछि देशभरका बोटलर्समा विस्तार गरिनेछ। यसबाट प्रत्येक सिलिन्डर कहाँ र कुन अवस्थामा रहेको छ भन्ने जानकारी लिन सकिनेछ।

मन्त्रालयले बजारमा ग्यासको अभाव नरहेको र आपूर्ति क्रमशः बढिरहेको जनाएको छ। उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न तथा तत्काल आवश्यक पर्ने मात्रामा खरिद गर्न आग्रह गरिएको छ। कृत्रिम अभाव वा कालोबजारी भएको जानकारी पाए तत्काल सम्बन्धित निकायमा खबर गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।

दैनिक १ लाख ३२ हजार सिलिन्डर बजारमा

मन्त्रालयका अनुसार अहिले दैनिक औसत १ लाख ३२ हजार सिलिन्डर बजारमा पठाइएको छ। यसअघि दैनिक औसत १ लाख १० हजार सिलिन्डर आपूर्ति हुँदै आएको थियो।

आपूर्ति थप सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग मासिक ६० हजार मेट्रिक टन एलपी ग्यास उपलब्ध गराइदिन अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा नेपालले ५२ करोड ५ लाख केजीभन्दा बढी एलपी ग्यास आयात गरेको थियो। साउनदेखि पूर्ण क्षमताको १४.२ केजी सिलिन्डर वितरण सुरु भएपछि मागमा एक्कासि वृद्धि हुँदा बजारमा केही असहजता देखिएको मन्त्रालयको भनाइ छ।

तीन हजारभन्दा बढी गुनासा सम्बोधन

उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न गठन गरिएको क्विक रेस्पोन्स टिमले साउन २० देखि २८ गतेसम्म ३ हजार ४४४ वटा गुनासा सम्बोधन गरेको मन्त्रालयले जनाएको छ।

यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालयहरूले बजार अनुगमनलाई तीव्र बनाएका छन्। हालसम्म ५० भन्दा बढी ग्यास डिलरको अनुगमन गरिएको बताइएको छ।

सरकारले गलत मनसायले ग्यासको कारोबार गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने व्यवसायीमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

इन्डक्सन र इन्फ्रारेड चुलोको माग बढ्दो

एलपी ग्यासको विकल्पका रूपमा पछिल्लो समय इन्डक्सन र इन्फ्रारेड चुलोको प्रयोग पनि बढ्दै गएको छ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा करिब १० हजार थान मात्र इन्डक्सन तथा इन्फ्रारेड चुलो आयात भएकोमा आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा आयात ३ लाख ८२ हजारभन्दा बढी पुगेको छ।

सरकारले ग्यास आपूर्ति व्यवस्थापनसँगै विद्युतीय चुलोको प्रयोग बढ्दै जानुलाई ऊर्जा उपयोगको विकल्प विस्तारका रूपमा समेत हेरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पत्रकार खेम भण्डारीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

झलनाथ खनाल र मोहनविक्रम सिंहबीच भेटवार्ता, राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल

सम्बन्धित

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

साहित्यिक पत्रकार संघको ५५औँ वार्षिकोत्सवमा पाँच स्रष्टा सम्मानित

ईभी ब्याट्री दर्ता र ट्र्याकिङ प्रणाली आवश्यक : सवारी परीक्षण कार्यालय प्रमुख श्रेष्ठ

मागअनुसार ग्यास आयात भइरहेको छ, अभाव किन भयो पत्ता लगाउन सकिएन : आयल निगम

ईभी बढेसँगै ब्याट्री व्यवस्थापन नीति बनाउन विज्ञको सुझाव

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu