ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईभी ब्याट्री दर्ता र ट्र्याकिङ प्रणाली आवश्यक : सवारी परीक्षण कार्यालय प्रमुख श्रेष्ठ


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ७ : ३५   बजे

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) मा प्रयोग हुने ब्याट्रीको उचित व्यवस्थापनका लागि ब्याट्री दर्ता तथा ट्र्याकिङ प्रणाली लागू गर्नुपर्ने सवारी परीक्षण कार्यालयका प्रमुख सुरेश श्रेष्ठले बताएका छन्।

शुक्रबार नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ विषयक संवादमा बोल्दै श्रेष्ठले हाल ईभी दर्ता गर्दा चेसिस र मोटर नम्बर मात्र दर्ता हुने भएकाले ब्याट्रीको समेत छुट्टै पहिचान नम्बर दर्ता गर्नुपर्ने बताएका हुन्।

उनका अनुसार प्रत्येक ब्याट्रीको आफ्नै युनिक पहिचान नम्बर हुने भएकाले आयातदेखि प्रयोग, पुनः प्रयोग र रिसाइकलसम्मको अवस्थालाई ट्र्याक गर्न सकिने व्यवस्था आवश्यक छ। यसबाट प्रयोगपछि ब्याट्री जथाभावी फालिने वा कबाडमा जाने जोखिमसमेत कम गर्न सकिने उनको भनाइ छ।

आयातदेखि रिसाइकलसम्म ट्र्याकिङ

श्रेष्ठले ब्याट्रीमा युनिक पहिचान नम्बर राखेर लगिङ प्रणाली सुरु गरेमा कुन ब्याट्री कसले आयात गरेको हो र त्यसको अवस्था के छ भन्ने विवरण सहजै पत्ता लगाउन सकिने बताए।

पुराना ब्याट्री रिसाइकलका लागि विदेश पठाउँदा देखिने कागजी समस्या समाधान गर्नसमेत यस्तो प्रणाली उपयोगी हुने उनको भनाइ छ। ब्याट्री कहाँबाट आएको हो भन्ने स्पष्ट अभिलेख रहेकाले सरकारलाई आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न सहज हुने उनले बताए।

निर्यात र करको समस्या

ब्याट्री विदेश पठाउँदा कर तथा अन्य कानुनी जटिलता देखिने गरेको उल्लेख गर्दै श्रेष्ठले रिसाइकलका लागि फिर्ता पठाइने ब्याट्रीलाई व्यावसायिक निर्यातको सट्टा पुनः प्रयोगका लागि फिर्ता पठाइने वस्तुका रूपमा परिभाषित गर्नुपर्ने बताए।

उनका अनुसार ब्याट्रीको ट्र्याकिङ र व्यवस्थापनसम्बन्धी स्पष्ट प्रणाली बनेमा कागजी, कानुनी तथा करसम्बन्धी धेरै समस्या समाधान गर्न सकिनेछ।

ईभी आयातको मापदण्ड आवश्यक

नेपालमा विद्युतीय सवारीसाधन आयात हुन थालेको लामो समय भए पनि न्यूनतम आयात मापदण्ड र लाइसेन्सिङसम्बन्धी व्यवस्थित निर्देशिका अझै बन्न नसकेको श्रेष्ठले बताए।

हाल यसको मस्यौदा तयार भइरहेको जानकारी दिँदै उनले त्यसमा विस्तारित उत्पादक उत्तरदायित्व (EPR) सम्बन्धी व्यवस्था समेट्नुपर्ने आवश्यकता औँल्याए।

ब्याट्री व्यवस्थापनको इकोसिस्टम

सरकारले पछिल्लो समय ल्याएको यातायात नीतिले विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा जोड दिएको उल्लेख गर्दै श्रेष्ठले अब ईभी ब्याट्रीको ‘एन्ड अफ लाइफ’ व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।

उनका अनुसार नेपालमा ईभीको प्रयोग बढिरहेका बेला ब्याट्री संकलन, पुनः प्रयोग, रिसाइकल तथा सुरक्षित व्यवस्थापनसम्बन्धी सम्पूर्ण प्रणाली विकास गर्ने उपयुक्त समय आएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवा : ‘राजालाई भनेकै हो– सरकारको हुकुम मान्छु, तर प्रजातन्त्रको खिलाफमा जान सक्दिनँ’

देउवालाई स्वागत गर्न विमानस्थल पुगेकी महिलाको आइफोन हरायो

सम्बन्धित

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

साहित्यिक पत्रकार संघको ५५औँ वार्षिकोत्सवमा पाँच स्रष्टा सम्मानित

एलपी ग्यास वितरण व्यवस्थित गर्न जीआईएस र क्यूआर प्रणाली लागू गरिँदै

मागअनुसार ग्यास आयात भइरहेको छ, अभाव किन भयो पत्ता लगाउन सकिएन : आयल निगम

ईभी बढेसँगै ब्याट्री व्यवस्थापन नीति बनाउन विज्ञको सुझाव

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu