ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा बस–ट्रक ठोक्किँदा रौतहटका तीन तीर्थयात्रीको मृत्यु


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ७ : ५५   बजे

रौतहट । भारतको तीर्थयात्रामा गएको बस दुर्घटनामा पर्दा रौतहटका तीन जना तीर्थयात्रीको मृत्यु भएको छ। बस र मालवाहक ट्रक एकआपसमा ठोक्किँदा भारतको झारखण्डस्थित कोडरमा जिल्लाको सतगावाँ थाना क्षेत्रमा शुक्रबार बिहान दुर्घटना भएको हो।

दुर्घटनामा गरुडा नगरपालिका–६, पोठियाहीका ६५ वर्षीय नवलकिशोर चौधरी, उनकी ६२ वर्षीया श्रीमती सुन्दरकला देवी र १२ वर्षीय शिवम महतोको मृत्यु भएको वडाध्यक्ष रामबाबु चौधरीले जानकारी दिए।

गत आइतबार ना.६ख १५५४ नम्बरको बसमा चालकदलसहित ४६ जना तीर्थयात्री बोलबम यात्राका लागि भारतको झारखण्डस्थित वैद्यनाथ धामतर्फ गएका थिए। तीर्थयात्रीहरू बासुकीनाथको दर्शनपछि देवघर हुँदै राजगिर जाने क्रममा दुर्घटनामा परेका हुन्।

दुर्घटनामा कम्तीमा आठ जना तीर्थयात्री गम्भीर घाइते भएको स्थानीय स्रोतले जनाएको छ। बसमा कटहरिया नगरपालिका–डुमरिया क्षेत्रका २० जना यात्रुसमेत रहेको बताइएको छ। उनीहरूमा १२ पुरुष, पाँच महिला र तीन बालबालिका रहेको स्थानीय रामबाबु यादवले जानकारी दिए।

दुर्घटनाको विस्तृत कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमले घाइतेहरूको विस्तृत विवरण अझै प्राप्त नभएको बताए।

दुर्घटनाको खबर फैलिएपछि मृतक तथा घाइतेका आफन्तमा शोक र चिन्ता छाएको छ। पोठियाही र डुमरिया गाउँमा घटनाले शोकको वातावरण बनेको छ।

मृतक तथा घाइतेका आफन्त शुक्रबार बिहानै चार वटा सवारीसाधन रिजर्भ गरेर भारततर्फ प्रस्थान गरेका छन्। घटनाबारे भारतीय स्थानीय प्रशासन र प्रहरीले आवश्यक अनुसन्धान तथा उद्धार प्रक्रिया अघि बढाइरहेको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवा : ‘राजालाई भनेकै हो– सरकारको हुकुम मान्छु, तर प्रजातन्त्रको खिलाफमा जान सक्दिनँ’

देउवालाई स्वागत गर्न विमानस्थल पुगेकी महिलाको आइफोन हरायो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

देउवा : ‘राजालाई भनेकै हो– सरकारको हुकुम मान्छु, तर प्रजातन्त्रको खिलाफमा जान सक्दिनँ’

देउवालाई स्वागत गर्न विमानस्थल पुगेकी महिलाको आइफोन हरायो

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

पत्रकार खेम भण्डारीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

झलनाथ खनाल र मोहनविक्रम सिंहबीच भेटवार्ता, राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल

साहित्यिक पत्रकार संघको ५५औँ वार्षिकोत्सवमा पाँच स्रष्टा सम्मानित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu