ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘धम्की र त्रासका कारण निर्वाचन आयोगले हामीलाई हरायो’ : पूर्णबहादुर खड्का


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ८ : ०५   बजे

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले धम्की र त्रासका कारण निर्वाचन आयोगले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफूहरूलाई पराजित गरेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा गठन भएको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले दिएको मान्यतामाथि प्रश्न उठाए।

निर्वाचन आयोगले पुराना नजिर, प्रक्रिया र कानुनी अभ्यासलाई बेवास्ता गर्दै आफूहरूभन्दा थापा नेतृत्वको समितिलाई आधिकारिकता दिएको उनको दाबी थियो।

“धम्क्याएको भरमा, तर्साएको भरमा निर्वाचन आयोगले हामीलाई हरायो,” खड्काले भने।

उनले निर्वाचन आयोगले आफूहरूले नेतृत्व गरेको समितिलाई अवैधानिक ठहर गर्दै विशेष महाधिवेशनबाट आएको समितिलाई मान्यता दिनु गलत भएको जिकिर गरे। अब सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने उनको विश्वास छ।

यसअघि सर्वोच्च अदालतबाट भएको फैसला त्रुटिपूर्ण रहेको र अदालतले पुनरावलोकनका लागि अनुमति दिइसकेकाले अब कानुनी रूपमा आफूहरूको पक्ष बलियो हुने खड्काले बताए।

‘एकताका लागि पटक–पटक सहमति भयो, कार्यान्वयन भएन’

खड्काले कांग्रेसभित्रको विवाद समाधानका लागि आफूहरू अझै पनि एकताको पक्षमा रहेको दाबी गरे। विशेष महाधिवेशनको माग उठेदेखि नै आफूहरूले पार्टी विभाजन रोक्न विभिन्न चरणमा सहमतिको प्रयास गरेको उनले बताए।

उनका अनुसार गगन थापा र विश्वप्रकाश शर्मासँग पटक–पटक सहमति भए पनि ती सहमति कार्यान्वयन नभएको गुनासो छ।

खड्काले थापा र शर्माले आफूहरूलाई दुई पटक धोका दिएको आरोपसमेत लगाए। पहिलोपटक विशेष महाधिवेशन नगर्ने सहमतिमा १५औँ महाधिवेशनको कार्यतालिका ल्याइएको उनले बताए।

उनका अनुसार आमनिर्वाचन फागुनमा भए वैशाखमा पार्टी महाधिवेशन गर्ने र निर्वाचन सरेमा फागुनमै महाधिवेशन गर्ने समझदारी भएको थियो। तर उक्त सहमतिविपरीत विशेष महाधिवेशन आयोजना गरिएको खड्काको दाबी छ।

‘तीन महिनासम्म सहमतिको प्रयास भयो’

खड्काले गत वैशाखमा पनि थापा स्वयं सहमतिको प्रस्ताव लिएर आएको बताए। त्यसपछि पछिल्लो तीन महिनामा लगातार वार्ता भएको र विशेष महाधिवेशनबाट आएको समिति तथा शेरबहादुर देउवा नेतृत्वको समितिलाई समेटेर अघि बढ्ने समझदारी बनेको उनको दाबी छ।

तर, अहिले आएर उक्त सहमति पनि तोडिएको खड्काले बताए।

“मलाई आएर गगन थापाजीले भन्न सक्नु भएको छैन, तर डा. शेखर कोइरालासँग खड्का दाइसँग भएको सहमति कार्यान्वयन गर्न नसक्ने बताएका छन्,” उनले भने।

खड्काले थापा पक्ष पार्टी एकताको पक्षमा नरहेको आरोपसमेत लगाए। उनका अनुसार विशेष महाधिवेशनबाट गठन भएको समितिलाई समायोजन नगरेसम्म कांग्रेसभित्रको आधिकारिकता विवाद समाधान हुन सक्दैन।

“विशेष महाधिवेशनको समिति नमिलाउँदासम्म विवाद यथावत रहन्छ,” खड्काले भने, “तीन महिना गयो, नाटक मञ्चन भइरहेको छ सानेपामा।”

कांग्रेसभित्र विशेष महाधिवेशनपछि नेतृत्वको वैधानिकता र पार्टी संरचनालाई लिएर विवाद चर्किरहेका बेला खड्काको यस्तो अभिव्यक्तिले संस्थापनइतर समूह र गगन थापा नेतृत्वको पक्षबीचको दूरी अझै कायम रहेको देखाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सम्पत्ति छानबिन मुद्दा संवैधानिक इजलासमा पठाउने तयारीले सर्वोच्चमै प्रश्न : ‘इजलासको आदेशमाथि प्रशासनको हस्तक्षेप?’

कान्छाराम तामाङ : ‘चुनदेवीमा सभापतिको बोर्ड मैले कसैलाई नसोधी राखेको हुँ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China Widens Cross-Border Cash Pooling Program for Multinationals

Romania Shuts Down Nuclear Plant as Danube River Reaches Record Low

South Africa’s Top Court Blocks Shell Oil Exploration Off Wild Coast

कालीगण्डकी करिडोरको मुख्य चुनौती बन्यो सिरुबारी पहिरो, बेनी–जोमसोम सडकमा जोखिम बढ्दो

सम्पत्ति छानबिन मुद्दा संवैधानिक इजलासमा पठाउने तयारीले सर्वोच्चमै प्रश्न : ‘इजलासको आदेशमाथि प्रशासनको हस्तक्षेप?’

कान्छाराम तामाङ : ‘चुनदेवीमा सभापतिको बोर्ड मैले कसैलाई नसोधी राखेको हुँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu