ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गलत रेडियो फ्रिक्वेन्सीका कारण क्याथे प्यासिफिकको विमानलाई हंगेरीका लडाकु विमानले अवरोध गरे


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ७ : १५   बजे

काठमाडौं । हङकङबाट लन्डन जाँदै गरेको क्याथे प्यासिफिकको यात्रुवाहक विमान गलत रेडियो फ्रिक्वेन्सी प्रयोग भएपछि नेटोको ‘अलर्ट’मा परेको घटना सार्वजनिक भएको छ।

क्याथे प्यासिफिकको सीएक्स२५७ उडान जुलाई ४ मा तीन सयभन्दा बढी यात्रु लिएर हङकङबाट लन्डनको हिथ्रोका लागि उडेको थियो। रोमानियाली हवाई क्षेत्रमा प्रवेश गरेपछि विमानले स्थानीय हवाई ट्राफिक नियन्त्रणसँग सञ्चार सम्पर्क गुमाएको थियो।

क्याथे प्यासिफिकको आन्तरिक अनुसन्धानअनुसार चालक दलले हवाई ट्राफिक नियन्त्रकले अर्को उडानका लागि दिएको निर्देशन गलत रूपमा बुझेका कारण गलत रेडियो फ्रिक्वेन्सी प्रयोग भएको थियो। सञ्चार सम्पर्क टुटेको कुरा चालक दलले तत्काल पहिचानसमेत गर्न सकेनन्।

हंगेरीका लडाकु विमान परिचालन

विमानसँग सम्पर्क स्थापित हुन नसकेपछि नेटोको सुरक्षा प्रोटोकलअनुसार हंगेरीका दुई लडाकु विमान क्याथे प्यासिफिकको विमानलाई अवरोध गर्न परिचालन गरिएका थिए।

हंगेरीका रक्षामन्त्री रोमुलुस्ज रुजिन–सेन्डीका अनुसार हंगेरीको सीमाना नजिकै लडाकु विमानहरूले यात्रुवाहक विमानलाई दृश्य संकेतमार्फत चेतावनी दिएका थिए। त्यसपछि क्याथे प्यासिफिकको विमानसँग पुनः सञ्चार सम्पर्क स्थापित भएको थियो।

प्राविधिक समस्या नभएको निष्कर्ष

हङकङको नागरिक उड्डयन विभागले क्याथे प्यासिफिकको विस्तृत अनुसन्धान प्रतिवेदनको समीक्षा पूरा गर्दै विमानको सञ्चार प्रणालीमा कुनै प्राविधिक समस्या नरहेको जनाएको छ। विमानका सञ्चार उपकरण सामान्य रूपमा सञ्चालनमा रहेको विभागको निष्कर्ष छ।

तर, विभागले घटनाप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गर्दै सञ्चार प्रणालीको सञ्चालन तथा निगरानी प्रक्रियामा सुधार गर्न क्याथे प्यासिफिकलाई निर्देशन दिएको छ।

चालक दललाई थप तालिम

अनुसन्धानपछि एयरलाइन्सलाई चालक दललाई सञ्चारसम्बन्धी विषयमा थप सतर्क गराउन, संलग्न चालक दलका सदस्यलाई थप तालिम दिन तथा उनीहरूको मूल्याङ्कन गर्न निर्देशन दिइएको छ।

उड्डयन सुरक्षाका लागि चालक दल र हवाई ट्राफिक नियन्त्रकबीच निरन्तर तथा प्रभावकारी सञ्चार आवश्यक रहेको विभागले जनाएको छ। साथै, उड्डयन सुरक्षासम्बन्धी घटनाको रिपोर्टिङ प्रणाली थप सुदृढ गर्न पनि निर्देशन दिइएको छ।

क्याथे प्यासिफिकका प्रवक्ताका अनुसार एयरलाइन्सले अनुसन्धानबाट प्राप्त सुझावअनुसारका सुधारका उपायहरू जुलाईको मध्यतिरै कार्यान्वयनमा ल्याइसकेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतमा बस–ट्रक ठोक्किँदा रौतहटका तीन तीर्थयात्रीको मृत्यु

कास्कीमा बाढीको वितण्डा : जलविद्युत आयोजना र झोलुंगे पुलमा क्षति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China Accuses U.S. of Escalating South China Sea Tensions

भारतमा बस–ट्रक ठोक्किँदा रौतहटका तीन तीर्थयात्रीको मृत्यु

China Defends Coast Guard Actions Near Disputed Reef

गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु

क्यूकेएस अन्तरविद्यालय फुटसलमा काष्ठमण्डप, जोन डेवी र भक्तपुर निस्ट च्याम्पियन

एलपी ग्यास वितरण व्यवस्थित गर्न जीआईएस र क्यूआर प्रणाली लागू गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu