ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्कीमा बाढीको वितण्डा : जलविद्युत आयोजना र झोलुंगे पुलमा क्षति


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ७ : ३५   बजे

पोखरा । अविरल वर्षापछि आएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकामा थप क्षति पुर्‍याएको छ। बाढीका कारण जलविद्युत आयोजना, झोलुंगे पुल तथा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अन्नपूर्ण–११ छोम्रोङफेदीस्थित घान्द्रुक जलविद्युत आयोजनामा छोम्रोङखोलामा आएको बाढीले कामदार बस्ने कोठा, शौचालय, भान्साघर तथा आयोजनाका विभिन्न सामग्रीमा क्षति पुर्‍याएको छ। आयोजनाको निर्माणमा खटिएको कान्छी बराह कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिको मातहतमा रहेको कोमात्सु हाइड्रोलिंक एक्साभेटरसमेत बाढीले पुरेको प्रहरीले जनाएको छ।

यस्तै, अन्नपूर्ण–१० स्याउलीबजारमा वडा नम्बर ७ र हवाली जोड्ने झोलुंगे पुल मोदीखोलाको बाढीले बगाएको छ। बाढी स्थानीय मनप्रसाद गुरुङको ढुंगा–माटोले बनेको दुईतले कच्ची घरमा समेत पसेको छ। उक्त घरमा सञ्चालित स्याउलीबजार गेस्ट हाउसका भौतिक संरचना तथा होटलका सामग्री बाढीले बगाएको प्रहरीले जनाएको छ।

उक्त घरमा तीन जना बस्दै आएका थिए। बाढीका कारण घर पूर्ण रूपमा जोखिममा परेको प्रहरीले जनाएको छ।

घान्द्रुक जाने बाटो अवरुद्ध

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मोदीलगायत खोलामा आएको बाढीले घान्द्रुक जाने सडक कम्तीमा पाँच स्थानमा अवरुद्ध भएको छ।

यसैगरी, नयाँपुलको हाइजुङस्थित माता अन्नपूर्ण मन्दिरतर्फ जाने दुईवटा फलामे पुलसमेत बाढीले बगाएको थियो। मन्दिरमा रहेका पुजारीसहित तीन जनालाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।

बाढीबाट क्षति भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी घान्द्रुकका प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलको कमान्डमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो।

कास्की प्रहरीले बाढीबाट भएको थप क्षतिको विवरण संकलन तथा सार्वजनिक गर्ने कार्य भइरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झलनाथ खनाल र मोहनविक्रम सिंहबीच भेटवार्ता, राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल

‘धम्की र त्रासका कारण निर्वाचन आयोगले हामीलाई हरायो’ : पूर्णबहादुर खड्का

सम्बन्धित

गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु

ग्यासका लागि ‘उपभोक्ता कार्ड’ अनिवार्य

मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार

बागलुङमा एलपी ग्यास वितरणमा ‘उपभोक्ता कार्ड’ अनिवार्य

पोखराको पृथ्वीचोकमा फेरि सुरु भयो ट्राफिक सुधार अभियान : अब सडकबाट होइन, बसपार्कबाटै छुट्नेछन् लामो दूरीका बस

पोखरामा विविध कार्यक्रमसहित २७ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu