ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यासका लागि ‘उपभोक्ता कार्ड’ अनिवार्य


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १२ : ३५   बजे

बागलुङ/खाना पकाउने एलपी ग्यास वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन बागलुङ बजारमा ‘उपभोक्ता कार्ड’ प्रणाली लागू गरिएको छ ।

बजारमा पर्याप्त ग्यास आपूर्ति भएपनि उपभोक्ताले धेरैभन्दा धेरै ग्यास सञ्चय गर्न थालेपछि एलपी ग्यास विक्रेता संघले ‘उपभोक्ता कार्ड’ अनिवार्य गरेको हो । ‘उपभोक्ता कार्ड’ले ग्यास वितरण सहज हुने र दोहोरोपनाको समस्या हट्ने विक्रेता संघको अपेक्षा छ ।

संघले आधिकारिक विक्रेता फर्म, उपभोक्ताको नाम, सम्पर्क नम्बर, ठेगाना, उपभोक्ताको नागरिकता नम्बर, घरधनी र विद्यार्थी भए संस्थाको नाम उल्लेख गरिएको ‘उपभोक्ता कार्ड’ प्रणाली लागू गरेको ग्यास विक्रेता संघका सदस्य गणेशराज लम्सालले जानकारी दिए ।

‘‘उपभोक्ता कार्डले परिवार संख्याको तथ्यांक देखाउने छ, एक घरसंग एउटा कार्ड हुँदा ग्यास वितरणमा दोहोपन हटी सहज हुनेछ’’ लम्सालले भने । संघले जिल्ला प्रशासन कार्यालयको समन्वयमा ‘उपभोक्ता कार्ड’ प्रणाली लागू गरेको हो ।

दैनिक साढे ३ सय र मासिक ९ हजार ग्यास सिलिण्डर खपत हुने बागलुङमा साउन यता १४ हजार ७ सय ९० थाना ग्यास वितरण भइसकेको छ । अघिल्ला महिनाभन्दा ५ हजारबढी ग्यास वितरण भएपनि अभाव हुने हल्लाले डिलरमा ग्राहकको भीड लाग्ने गरेको छ । बिहीबार मात्रै बागलुङमा ९ सय ७० थान ग्यास सिलिन्डर वितरण गरिएको छ ।

एलपी ग्यासको कृत्रिम अभाव रोक्न स्थानीय प्रशासन, जनप्रतिनिधि र सरोकारवाला निकाय निकाय सक्रिय भएका छन् । सर्वसाधारणले सहज रूपमा ग्यास नपाएको गुनासो आएपछि प्रहरी, प्रशासन, उद्योग वाणिज्य संघ, नगरपालिका, उपभोक्ता मञ्च र ग्यास बिक्रेता संघको सहकार्यमा ग्यास बिक्री वितरणलाई सहज बनाउने प्रयास भएको हो ।

आगामी दिनमा ग्यास नजिकको आधिकारिक बिक्रेताबाट उपलव्ध गराउने भएकाले ग्यास आए–नआएको विषयमा बिक्रेतासंग सम्पर्क गर्न र अनावश्यक हल्लाको पछाडि लागि लाइनमा नबस्न सर्वसाधारण उपभोक्तालाई सरोकारवालाले अनुरोध गरेका छन् ।

ग्यासको अनावश्यक सञ्चय गर्न नदिन प्रभावकारी अनुगमन गर्ने, कहिकतै विक्रेताले बढी मुल्य लिएको पाईएमा तत्काल प्रशासनमा खबर गर्न अनुरोध गरिएको छ । ग्यासको अवस्थाबारे अनुगमन गर्न टोली परिचालन भएकोले अनावश्यक रुपमा ग्यास सञ्चय गरेको पाइएमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हुम्लामा ५१ लाखभन्दा बढीको अवैध चिनियाँ मदिरा बरामद

सम्पत्ति छानबिन आयोगविरुद्धका रिट संवैधानिक इजलासमा, सर्वोच्च प्रशासनको टिप्पणीपछि नयाँ मोड

सम्बन्धित

मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार

बागलुङमा एलपी ग्यास वितरणमा ‘उपभोक्ता कार्ड’ अनिवार्य

पोखराको पृथ्वीचोकमा फेरि सुरु भयो ट्राफिक सुधार अभियान : अब सडकबाट होइन, बसपार्कबाटै छुट्नेछन् लामो दूरीका बस

पोखरामा विविध कार्यक्रमसहित २७ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

‘रन बागलुङ–३’ सम्पन्न, बादल कार्की प्रथम

गण्डकीमा विकासका १६ समस्या संघ सरकारसमक्ष पठाउने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu