ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्लामा ५१ लाखभन्दा बढीको अवैध चिनियाँ मदिरा बरामद


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १ : १५   बजे

हुम्ला । नेपाल–चीन सीमा क्षेत्रको नाम्खा गाउँपालिका–६ स्थित लाप्चा नाकाबाट सुरक्षाकर्मीको संयुक्त टोलीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ।

व्यापार मेलाका क्रममा लाप्चा नाकाबाट भित्र्याइएको उक्त मदिरा बेवारिसे अवस्थामा फेला परेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार ५९४ कार्टुन चिनियाँ मदिरा बरामद गरिएको छ। प्रत्येक कार्टुनमा १२ बोतलका दरले जम्मा ७ हजार १२८ बोतल मदिरा रहेको उहाँले जानकारी दिनुभयो।

त्यस्तै, सुरक्षाकर्मीले १९४ कार्टुन चिनियाँ बियर समेत बरामद गरेका छन्। एउटा कार्टुनमा २४ बोतलका दरले जम्मा ४ हजार ६५६ बोतल बियर बरामद भएको प्रहरीले जनाएको छ।

बरामद गरिएको मदिरा तथा बियरको कुल मूल्य ५१ लाख ९३ हजार ६०० रुपैयाँ रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो।

व्यापार मेलाको क्रममा लाप्चा नाकाबाट अवैध रूपमा चिनियाँ मदिरा भित्र्याइएको सूचना प्राप्त भएपछि सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीको नेतृत्वमा संयुक्त सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो। टोलीले सल्ली क्षेत्रमा बेवारिसे अवस्थामा राखिएको मदिरा तथा बियर फेला पारेको हो।

बरामद गरिएको मदिरा तथा बियर शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय हुम्लामा ल्याइएको प्रहरीले जनाएको छ। बरामद सामग्रीबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

मानव अधिकार आयोगका ५२.६० प्रतिशत सिफारिस कार्यान्वयन भएनन्

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

पुटिनको कुरिल भ्रमणपछि जापानको सार्वभौमिकताको पक्षमा उभियो अमेरिका

मानव अधिकार आयोगका ५२.६० प्रतिशत सिफारिस कार्यान्वयन भएनन्

सुजाता कोइराला : ‘गगन थापामाथि विश्वास भयो, कांग्रेस हाँकेर अघि बढाउनुहुन्छ’

इरानमाथि थप कडा आर्थिक कदम चाल्ने अमेरिकाको चेतावनी

पानीले टम्म भरियो स्यार्पुताल, पर्यटकलाई लोभ्याउँदै प्राकृतिक सुन्दरता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu