ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुटिनको कुरिल भ्रमणपछि जापानको सार्वभौमिकताको पक्षमा उभियो अमेरिका


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   २ : १५   बजे

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेपछि अमेरिकाले ती टापुमाथि जापानको सार्वभौमिकतालाई समर्थन गर्ने आफ्नो अडान दोहोर्‍याएको छ।

जापानका लागि अमेरिकी राजदूत जर्ज ग्लासले शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत अमेरिकाको अडानमा कुनै परिवर्तन नभएको बताएका छन्। उनले जापानले ‘उत्तरी क्षेत्र’ भनेर दाबी गर्दै आएको टापुमाथि जापानको सार्वभौमिकताको मान्यतामा अमेरिका दृढ रहेको उल्लेख गरेका छन्।

हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न अमेरिका–जापान गठबन्धन प्रतिबद्ध रहेको भन्दै ग्लासले त्यसलाई कमजोर पार्ने कुनै पनि गतिविधिको विरोध गरिने बताएका छन्।

दोस्रो विश्वयुद्धदेखि विवाद

सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यतिर तत्कालीन सोभियत संघले कब्जा गरेका कुरिलका केही टापु जापान र रुसबीच लामो समयदेखि विवादको विषय रहँदै आएका छन्।

पुटिनले बिहीबार गरेको भ्रमण सन् २०१० मा तत्कालीन रुसी राष्ट्रपति दिमित्री मेदभेदेभपछि कुनै रुसी राष्ट्रपतिले ती टापुमा गरेको पहिलो भ्रमण हो।

जापानी प्रधानमन्त्री साने ताकाइचीले ती टापु ऐतिहासिक आधार र अन्तर्राष्ट्रिय कानुनअनुसार जापानको अभिन्न भूभाग भएको दाबी गरेकी छन्। जापानले पुटिनको भ्रमणप्रति आपत्ति जनाउँदै रुसी राजदूतलाई बोलाएर असन्तुष्टि जनाएको छ।

तर जापानस्थित रुसी दूतावासले भने ती टापु रुसी संघको अभिन्न हिस्सा भएको दाबी गरेको छ। पुटिनको भ्रमण कुनै विदेशी मुलुकसँग छलफल गर्नुपर्ने विषय नभएको दूतावासको भनाइ छ।

शान्ति सन्धि हुन नसक्नुको एउटा कारण

कुरिल टापुको सार्वभौमिकतासम्बन्धी विवादकै कारण जापान र रुसबीच दोस्रो विश्वयुद्धपछि औपचारिक शान्ति सन्धि हुन सकेको छैन।

हाल विवादित टापुमा रुसको प्रशासन कायम छ भने जापानले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता शिरिन यासिनले टापुको विवाद जापान र रुसबीचको द्विपक्षीय विषय भएको बताएका छन्।

पुटिनको भ्रमणपछि अमेरिकाले जापानको पक्षमा पुनः स्पष्ट धारणा सार्वजनिक गरेसँगै कुरिल टापुको विवादले जापान–रुस सम्बन्धसँगै हिन्द–प्रशान्त क्षेत्रमा अमेरिका–जापान सुरक्षा गठबन्धनको भूमिकालाई समेत पुनः चर्चामा ल्याएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शशांक कोइराला : ‘हाम्रो सभापति शेरबहादुर देउवा नै हो, उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्छ’

रोल्पाको बाढी–पहिरोबारे प्रधानमन्त्रीलाई भेटेर वर्षमान पुनले गराए उद्धार, राहत र पुनर्निर्माणमा ध्यानाकर्षण

सम्बन्धित

उत्तराखण्डको निर्माणाधीन सुरुङमा पहिरो, सात कामदारको मृत्यु, तीन बेपत्ता

इरानमाथि थप कडा आर्थिक कदम चाल्ने अमेरिकाको चेतावनी

इजरायली सेनाले वेस्ट बैंकका प्यालेस्टिनीलाई घर खाली गर्न आदेश दियो

होर्मुज संकटपछि खाडी मुलुक वैकल्पिक तेल मार्गको खोजीमा

इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिएको भन्दै ३० भन्दा बढी देशको निन्दा

बंगलादेशमा ऊर्जा संकट चर्किएपछि राति ८ बजेपछि सपिङ मल र पसल बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu