ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ल्याङ्ग ल्याङ्ग’मा गुराँस ढकाल मुख्य भूमिकामा अनुबन्धित


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   २ : ०५   बजे

काठमाडौं । निर्देशक बलिराम चौहानको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ मा अभिनेत्री गुराँस ढकाल मुख्य भूमिकामा अनुबन्धित भएकी छन्।

यसअघि सहायक भूमिकामा अभिनय गरिसकेकी ढकालले ‘ल्याङ्ग ल्याङ्ग’ मार्फत पहिलोपटक मुख्य भूमिकामा अभिनय गर्न लागेकी हुन्। फिल्ममा उनी एक्ली अभिनेत्रीका रूपमा प्रस्तुत हुने निर्देशक चौहानले जानकारी दिएका छन्।

निर्देशक चौहानका अनुसार फिल्मको कथाको पात्र र चरित्रअनुसार गुराँस उपयुक्त देखिएपछि उनलाई मुख्य भूमिकाका लागि छनोट गरिएको हो।

गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग ‘एक्टर्स हब’मा अभिनय प्रशिक्षण लिएकी छन्। प्रशिक्षणका क्रममा उनले अभिनयमा अभिव्यक्ति, प्रस्तुति तथा चरित्र निर्माणका विभिन्न पक्षमा अभ्यास गरेकी थिइन्।

अभिनय यात्राको सुरुवातमा उनले विभिन्न विज्ञापन तथा म्युजिक भिडियोमा काम गरेकी छन्। त्यसपछि हरर फिल्म ‘मम्मी’ मा समेत अभिनय गरेकी थिइन्।

बाल्यकालदेखि नै कलाकारिता र क्यामेराअगाडिको प्रस्तुतिप्रति रुचि राख्दै आएकी गुराँसले अभिनयलाई व्यावसायिक करियरका रूपमा अघि बढाउने उद्देश्यले निरन्तर प्रशिक्षण र अभ्यास गर्दै आएको बताइएको छ।

‘ल्याङ्ग ल्याङ्ग’ उनको अभिनय यात्रामा महत्वपूर्ण अवसर हुने निर्माण पक्षको अपेक्षा छ।

मुख्य भूमिकामा चार कलाकार

‘ल्याङ्ग ल्याङ्ग’को मुख्य कलाकारतर्फ यसअघि नै रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भइसकेका छन्।

अब निर्माण टिम एक जना अभिनेताको खोजीमा छ। उक्त भूमिका पनि टुंगिएपछि फिल्मको मुख्य कलाकारको लाइनअप पूरा हुने निर्देशक चौहानले बताएका छन्।

फिल्ममा गुराँस एक्ली अभिनेत्री रहने भएकाले उनको पात्रलाई कथाको महत्वपूर्ण हिस्साका रूपमा प्रस्तुत गरिने निर्माण पक्षको भनाइ छ।

जेनजी पुस्ताको प्रेम र संघर्षको कथा

‘ल्याङ्ग ल्याङ्ग’ले विशेषगरी जेनजी पुस्ताको प्रेम, संघर्ष, स्वतन्त्रता र मनोविज्ञानलाई कथाको केन्द्रमा राख्ने निर्देशक चौहानले बताएका छन्।

समसामयिक युवा जीवन, उनीहरूको सम्बन्ध, आकांक्षा, सामाजिक दबाब र दैनिक जीवनका उतारचढावलाई सिनेमाको पर्दामा प्रस्तुत गर्ने तयारी भइरहेको छ।

फिल्मको स्लोगन पनि युवाकेन्द्रित ‘हरेक युवाको कथा’ राखिएको छ।

युवा पुस्ताले साथीभाइबीचको सम्बन्ध, दबाब तथा मानसिक तनावलाई बुझाउन प्रयोग गर्ने ‘ल्याङ्ग ल्याङ्ग’ शब्दलाई नै फिल्मको शीर्षक बनाइएको निर्माण पक्षले जनाएको छ।

निर्देशक चौहानका अनुसार फिल्मले युवाको जीवनमा देखिने सामान्यजस्ता लाग्ने तर उनीहरूको मनोविज्ञानमा गहिरो प्रभाव पार्ने घटनालाई कथामा समेट्नेछ।

भोलानाथ कटवालको लगानीमा निर्माण हुने फिल्म स्काइफल पिक्चर्सको ब्यानरमा बन्न लागेको हो।

फिल्मको छायांकन असोजको पहिलो साताबाट सुरु गर्ने तयारी निर्माण पक्षले गरेको छ। हाल फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको छ।

फिल्मको कथा निर्देशक बलिराम चौहान र उपाश्री खतिवडाले तयार पारेका हुन्।

निर्माण टिमले मुख्य कलाकारको लाइनअप पूरा गरेपछि छायांकनका लागि आवश्यक अन्य तयारी अघि बढाउने जनाएको छ।

युवा पुस्ताको बदलिँदो जीवनशैली, सम्बन्ध र मनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण हुन लागेको ‘ल्याङ्ग ल्याङ्ग’ले नेपाली फिल्ममा जेनजी पुस्ताको कथा र अनुभवलाई नयाँ ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइजीपीमाथि सांसद सुनारको आरोपपछि पूर्वडीआईजी खरेलको कडा प्रतिक्रिया

स्वदेश फर्किए देउवा, कांग्रेसभित्र शक्ति संघर्ष थप चर्किने संकेत

सम्बन्धित

‘गौँथली’को ऐतिहासिक सफलता, ‘कबड्डी–४’लाई पछि पार्दै बन्यो दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

नेपालमा ‘स्पाइडरम्यान : ब्रान्ड न्यू डे’को ग्रसकलेक्सन १४ करोड ७५ लाख

११ वर्षपछि निर्देशक बनेर फर्किए सुदीप खतिवडा, मण्डलामा ‘द एज अफ डार्कनेस’

मुकुनको पहिलो लभस्टोरी ‘लज्जावती’ साउन २९ देखि प्रदर्शनमा

‘गुराँस फुल्दा’को नयाँ भर्सनप्रति सुस्मिता केसीको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu