ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गुराँस फुल्दा’को नयाँ भर्सनप्रति सुस्मिता केसीको असन्तुष्टि


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ५ : २५   बजे

काठमाडौँ । अभिनेत्री सुस्मिता केसी (बम्जन) ले फिल्म **‘मास्टर्नी’**मा समावेश गरिएको चर्चित गीत **‘गुराँस फुल्दा’**को नयाँ भर्सनप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

करिब २५ वर्ष पुरानो यो चर्चित गीतलाई फिल्मका लागि ‘रि–क्रिएट’ गरिएको हो। मूल गीतमा भारतीय गायिका साधना सरगमको स्वर रहेकोमा नयाँ भर्सनमा गायिका मेलिना राईले स्वर दिएकी छन्।

नयाँ भर्सन सार्वजनिक भएपछि दर्शकबाट मिश्रित प्रतिक्रिया आइरहेको छ। धेरैले मेलिना राईको स्वरको प्रशंसा गरे पनि गीतको संगीत तथा मौलिक भाव परिवर्तन भएको भन्दै आलोचना गरेका छन्।

सुस्मिता केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कलाकार, प्रस्तुति र दृश्य परिवर्तन भए पनि दर्शकको मनमा वर्षौँदेखि बसेको मौलिक छाप परिवर्तन गर्न कठिन हुने बताएकी छन्।

उनले लेखेकी छन्, “फूल फुलाउने प्रयास धेरैले गर्न सक्छन्, तर वर्षौँ बितिसक्दा पनि दर्शकको मनमा उही सुगन्ध, उही भावना र उही जादू छोड्ने सौभाग्य सबै गुराँसलाई कहाँ मिल्छ र!”

उनका अनुसार केही सिर्जना केवल गीतमा सीमित हुँदैनन्। ती एउटा समयका साक्षी र एउटा पुस्ताका सम्झना बन्न पुग्छन्।

“सायद त्यसैले केही सिर्जना केवल गीत हुँदैनन्, ती एउटा समयका साक्षी हुन्छन्, एउटा पुस्ताका सम्झना हुन्छन्, र कलाकारको यात्रामा कहिल्यै नमेटिने अमूल्य पाना हुन्छन्,” उनले उल्लेख गरेकी छन्।

मौलिक ‘गुराँस’को जादू फरक

सुस्मिताले गीतलाई नयाँ आवरण दिन सकिने भए पनि त्यसको मौलिक जादूलाई उही रूपमा पुनः सिर्जना गर्न नसकिने धारणा व्यक्त गरेकी छन्।

उनले नयाँ भर्सन सार्वजनिक भएपछि पनि दर्शकको मनमा पुरानो ‘गुराँस फुल्दा’को प्रभाव उस्तै रहेको बताएकी छन्।

“आज पनि त्यो मौलिक गुराँसको सुगन्ध दर्शकको मनमा उस्तै रहेछ। सायद यही नै साँचो सिर्जनाको सबैभन्दा ठूलो जित हो,” उनले लेखेकी छन्।

नयाँ भर्सनबारे दर्शकले दिएको प्रतिक्रिया नै पर्याप्त रहेको भन्दै उनले थप टिप्पणी गर्न आवश्यक नरहेको संकेत गरेकी छन्।

प्रियंका र वर्षाको आकर्षक प्रस्तुति

नयाँ भर्सनको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र वर्षा राउतले नृत्य गरेका छन्।

गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा उनीहरूको पहिरन र नृत्य प्रस्तुतिलाई आकर्षक बनाउने प्रयास गरिएको छ।

तर दर्शकको प्रतिक्रियामा भने भिडियोको प्रस्तुति आकर्षक भए पनि नयाँ संगीतले पुरानो गीतको भाव र मौलिकता जोगाउन नसकेको गुनासो देखिएको छ।

यससँगै २५ वर्षअघि लोकप्रिय बनेको ‘गुराँस फुल्दा’को नयाँ भर्सनले पुरानो पुस्ताको सम्झना र नयाँ पुस्ताको स्वादबीच कस्तो सम्बन्ध स्थापित गर्छ भन्ने बहससमेत सुरु भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सडक निर्माणमा जग्गाधनीलाई मुआब्जा अनिवार्य: सर्वोच्च अदालतको फैसला

कोसी सरकारबाट कांग्रेस बाहिरियो, एमाले–नेकपाबीच नयाँ सत्ता समीकरणको तयारी

सम्बन्धित

साउन २९ देखि प्रदर्शनमा आउँदै ‘लज्जावती’, प्रेम सम्बन्धको उतारचढाव मुख्य कथावस्तु

गणेश पाण्डेको ‘द एभरेस्ट ड्रिम’लाई अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड

१९ वर्षपछि ‘आवारापन–२’ मा फर्किँदै इमरान हाश्मी, अग्रिम बुकिङ उत्साहजनक

श्रद्धा कपुरको ‘ईथा’को प्रदर्शन मिति सर्‍यो, अब ‘टक्सिक’सँग भिडन्त नहुने

साहित्यकार विजय मल्लको ‘अनुराधा’मा आधारित चलचित्र निर्माण हुने

उपासना र कुन्दनको मुख्य भूमिका रहने ‘भिडियोटेप’ बन्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu