काठमाडौं । निर्माता प्रदीप उदयले साहित्यकार विजय मल्लको बहुचर्चित उपन्यास **‘अनुराधा’**मा आधारित चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।
चलचित्रको निर्देशन ऋषि लामिछानेले गर्नेछन् भने पटकथा तथा संवाद सामीप्यराज तिमल्सिनाले लेख्नेछन् । निर्माण पक्षका अनुसार चलचित्रको छायांकन मंसिरको अन्तिम सातादेखि सुरु हुनेछ ।
चलचित्रको छायांकन काठमाडौंसँगै तराईका विभिन्न स्थानमा गरिने जनाइएको छ । चलचित्रका कलाकारको नाम भने निर्माण टिमले हालसम्म सार्वजनिक गरेको छैन ।
चलचित्रको छायांकनसम्बन्धी जिम्मेवारी सुशन प्रजापतिले सम्हाल्नेछन् । निर्माण पक्षले ‘अनुराधा’को कथालाई चलचित्रको पर्दामा नयाँ ढंगले प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्