काठमाडौं । अभिनेत्री श्रद्धा कपुर अभिनीत बलिउड फिल्म ‘ईथा’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ। निर्माण कम्पनी म्याडडक फिल्म्सले सामाजिक सञ्जालमार्फत फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको हो।
यसअघि अगस्ट २८ (भदौ १२) मा प्रदर्शन हुने तय भएको फिल्म अब डिसेम्बर ४ (मंसिर १८) मा रिलिज हुने भएको छ। प्रदर्शन मिति सरेसँगै ‘ईथा’ र अभिनेता यश अभिनीत प्यान–इन्डिया फिल्म **‘टक्सिक’**बीच हुने भनिएको प्रतिस्पर्धासमेत टरेको छ।
विठाबाईको जीवनमा आधारित
‘ईथा’ महाराष्ट्रकी चर्चित लोककलाकार विठाबाई नारायणगावकरको जीवनमा आधारित फिल्म हो। लक्ष्मण उतेकरले निर्देशन गरेको फिल्ममा श्रद्धा कपुरले विठाबाईको भूमिका निर्वाह गरेकी छन्।
फिल्ममा श्रद्धासँगै रणदीप हुड्डा, अनन्त जोशीललगायत कलाकारको अभिनय रहेको छ। फिल्मका निर्माता दिनेश विजन, लक्ष्मण उतेकर र करिश्मा शर्मा हुन्।
नयाँ प्रदर्शन मितिसँगै फिल्मले बक्स अफिसमा थप सहज वातावरण पाउने अपेक्षा निर्माण पक्षले गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्