ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणेश पाण्डेको ‘द एभरेस्ट ड्रिम’लाई अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ३ : २५   बजे

काठमाडौँ । निर्देशक तथा पत्रकार गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म **‘द एभरेस्ट ड्रिम’**ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ।

अगस्ट ६ देखि ९ सम्म जर्जियाको मारिएट्टा सहरमा आयोजित महोत्सवमा नेपालबाट ‘द एभरेस्ट ड्रिम’ मात्र छनोट भएको थियो। महोत्सवका कार्यकारी निर्देशक तथा फेस्टिभल डाइरेक्टर डा. रिचर्ड टाभेनारोका अनुसार विश्वभरबाट सहभागी फिल्मबीचको प्रतिस्पर्धामा ‘द एभरेस्ट ड्रिम’ उत्कृष्ट डकुमेन्ट्री घोषित भएको हो।

ब्रेन इन्जुरीबाट बचेका बेलायती नागरिकहरूको असाधारण सगरमाथा यात्रामा आधारित यो डकुमेन्ट्रीले गम्भीर मस्तिष्क चोटपछि जीवनमा पुनः फर्किन संघर्ष गरिरहेका व्यक्तिहरूले नयाँ सपना देख्दै त्यसलाई पूरा गर्न गरेको प्रयासको कथा प्रस्तुत गर्छ।

डाक्टरहरूले पुनः सामान्य रूपमा हिँड्न, बोल्न वा दैनिक जीवनमा फर्किन कठिन हुने बताएका केही व्यक्तिले आफ्नो आत्मविश्वास नहारी नेपाल आएर सगरमाथा आधार शिविर पुग्ने सपना बोकेका थिए।

द लिटिल शेर्पा फाउण्डेसनका जेम्स ल्याम्बको नेतृत्वमा ब्रेन इन्जुरीबाट बाँचेका पाँच जना व्यक्ति र उनीहरूका परिवारसहित सात जनाको टोली सगरमाथा आधार शिविर पुगेको थियो। यही असाधारण यात्रालाई निर्देशक पाण्डेले करिब डेढ वर्ष लगाएर डकुमेन्ट्रीमा प्रस्तुत गरेका हुन्।

एउटै महोत्सवमा पाण्डेका तीन अवार्ड

‘द एभरेस्ट ड्रिम’ले निर्देशक पाण्डेको अन्तर्राष्ट्रिय डकुमेन्ट्री यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ।

पाण्डेको चर्चित डकुमेन्ट्री **‘भाग्यले बाँचेकाहरू’**ले सन् २०१७ मा यही कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको थियो। त्यस्तै, बहुपति प्रथामाथि आधारित उनको अर्को डकुमेन्ट्री **‘को–हजबेण्ड’**ले सन् २०२२ मा सोही महोत्सवमा उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड प्राप्त गरेको थियो।

यससँगै पाण्डेका तीन फरक डकुमेन्ट्रीले एउटै अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सन् २०१७, २०२२ र २०२६ मा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेका छन्। नेपाली डकुमेन्ट्रीका लागि यसलाई विशेष अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ।

‘भाग्यले बाँचेकाहरू’ले १७ भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार जित्नुका साथै ३२ भन्दा बढी देशमा प्रदर्शन भएको थियो। त्यस्तै ‘को–हजबेण्ड’ले पनि एक दर्जनभन्दा बढी उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जित्दै ४० भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागिता जनाएको थियो।

बलियो प्राविधिक टोली

‘द एभरेस्ट ड्रिम’मा एसोसिएट निर्मात्री शारदा गैरे, क्यामेरापर्सन सुरेश श्रेष्ठ र निरज पन्थी, सम्पादक ईश्वर कोइराला, संगीतकार जुगल डंगोल र सन्दीप सरदार तथा न्यारेटर कौशल घिमिरेको योगदान छ।

नेपालमा प्रिमियर गरेपछि ‘द एभरेस्ट ड्रिम’ले अन्तर्राष्ट्रिय फिल्म महोत्सवको यात्रा सुरु गरेको हो। निर्देशक पाण्डेका अनुसार डकुमेन्ट्रीले आगामी दिनमा विश्वका विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागिता जनाउने तयारी गरिरहेको छ।

अवार्डपछि पाण्डेले यो उपलब्धि आफ्नो व्यक्तिगत सफलताभन्दा पनि सम्पूर्ण टोली र डकुमेन्ट्रीका पात्रहरूको संघर्षको सम्मान भएको बताए।

“ब्रेन इन्जुरीपछि पनि मानिसले आफ्नो जीवनमा नयाँ सपना देख्न सक्छ र त्यसलाई पूरा गर्न सक्छ भन्ने सन्देश विश्वभर पुर्‍याउन पाउनु नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो,” पाण्डेले भने।

‘द एभरेस्ट ड्रिम’को पछिल्लो अन्तर्राष्ट्रिय सफलताले नेपाली डकुमेन्ट्रीले विश्व फिल्म महोत्सवमा बनाउँदै आएको पहिचानलाई थप बलियो बनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी विद्रोहपछि पनि युवाका समस्या समाधान भएनन् : आङ्देम्बे

एमाले पुनर्जागरण अभियानद्वारा ओलीलाई आठबुँदे माग

सम्बन्धित

साउन २९ देखि प्रदर्शनमा आउँदै ‘लज्जावती’, प्रेम सम्बन्धको उतारचढाव मुख्य कथावस्तु

१९ वर्षपछि ‘आवारापन–२’ मा फर्किँदै इमरान हाश्मी, अग्रिम बुकिङ उत्साहजनक

श्रद्धा कपुरको ‘ईथा’को प्रदर्शन मिति सर्‍यो, अब ‘टक्सिक’सँग भिडन्त नहुने

साहित्यकार विजय मल्लको ‘अनुराधा’मा आधारित चलचित्र निर्माण हुने

उपासना र कुन्दनको मुख्य भूमिका रहने ‘भिडियोटेप’ बन्दै

दयाहाङ राई ‘द राइज अफ साम्राज्य’मा अनुबन्धित, सौगात मल्लसँग पहिलोपटक देखिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu