ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दयाहाङ राई ‘द राइज अफ साम्राज्य’मा अनुबन्धित, सौगात मल्लसँग पहिलोपटक देखिँदै


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   २ : ३५   बजे

काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘द राइज अफ साम्राज्य’ मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। यसअघि मुख्य भूमिकाका लागि अभिनेता सौगात मल्ललाई अनुबन्ध गरिसकेको निर्माण पक्षले दयाहाङलाई पनि चलचित्रमा समावेश गरेको हो।

निर्देशक चौधरीका अनुसार चलचित्रमा सौगात र दयाहाङसँगै अन्य केही चर्चित कलाकारलाई पनि समावेश गर्ने तयारी भइरहेको छ।

“हामीले हालसम्म सौगात र दयाहाङलाई हाम्रो चलचित्रमा समावेश गरेका छौँ। यी दुई कलाकारसँगै अझै केही उत्कृष्ट नामहरू बाँकी छन्। दर्शकलाई स्तरीय सिनेमा दिनु हाम्रो उद्देश्य हो र यस पटक हामी कुनै कसर छोड्ने छैनौँ,” निर्देशक चौधरीले भने।

दयाहाङ र सौगातको सहभागिताले चलचित्रको स्टारकास्ट थप बलियो बनेको निर्माण पक्षको विश्वास छ। निर्देशक चौधरीले दयाहाङसँग पहिलोपटक सहकार्य गर्न लागेका हुन्।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई मल्टीस्टार प्रोजेक्टका रूपमा अघि बढाइएको छ। चलचित्रको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका छन्। निर्देशक चौधरीले ‘द राइज अफ साम्राज्य’लाई ‘एपिक एक्सन ड्रामा’ शैलीको चलचित्रका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको बताए।

निर्माण पक्षले यसपटक चलचित्रलाई अघिल्ला परियोजनाभन्दा ठूलो स्केलमा निर्माण गर्ने तयारी गरेको छ। चलचित्र नेपाली सिनेमाकै ठूलो एक्सन चलचित्र बन्ने दाबीसमेत निर्माण पक्षले गरेको छ।

चलचित्रको छायांकन आगामी भदौ १ गतेदेखि सुरु हुने भएको छ। निर्माण टोलीले करिब ७० दिनको छायांकन तालिका तयार पारेको छ। चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ।

चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव रहेका छन्। विश्वास बस्नेत (बेन) सहनिर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माताका रूपमा रहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ढुङ्गे क्षेत्रमा यातायात सेवा सञ्चालनमा, बेत्रावतीसम्म पुग्न सहज

हेटौँडा–काठमाडौँ आवागमनमा ‘वान वे’ प्रणाली लागू

सम्बन्धित

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu