काठमाडौं । अभिनेता मुकुन भुसालले चलचित्र ‘लज्जावती’ आफ्नो करिअरकै पहिलो पूर्ण प्रेमकथामा आधारित चलचित्र भएको बताएका छन्।
यसअघि विभिन्न चलचित्रमा अभिनय गरे पनि ती चलचित्र पूर्ण रूपमा प्रेम कथानकमा आधारित नभएको बताउँदै उनले ‘लज्जावती’ मा काम गर्न पाउँदा उत्साहित रहेको बताए।
केही दिनअघि पत्रकारसँग कुरा गर्दै मुकुनले भने, “यो मेरो पहिलो लभस्टोरी कथा हो। यसअघि अन्य कथामा नै अभिनय गरिरहेको थिएँ। त्यसैले पनि सिनेमाप्रति उत्साहित छु।”
नेपालीपन बोकेको प्रेमकथामा आधारित चलचित्रमा मुकुनले रिक्सा चालकको भूमिका निर्वाह गरेका छन्।
चलचित्रमा कलाकार श्रीकृष्ण निरौला पागलप्रेमीको भूमिकामा देखिँदैछन्। उनको पात्रले जीवनमा पहिलोपटक प्रेममा परेको व्यक्तिले भोग्ने पीडा, संघर्ष र प्रेमका उतारचढावलाई प्रस्तुत गर्ने बताइएको छ।
श्रीकृष्णको यो दोस्रो चलचित्र हो, जसमा उनी मुख्य भूमिकामा छन्। यसअघि उनले ‘सिटामोल’मा सहायक भूमिका निर्वाह गरेका थिए।
निर्देशक राजबहादुर सानेको निर्देशनमा बनेको ‘लज्जावती’ यही साउन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।
Originally published on abcnews.com.np.





प्रतिक्रिया दिनुहोस्