ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसीमा एमाले–नेकपा मन्त्रालय बाँडफाँट टुंगियो, एमालेले पाँच र नेकपाले चार मन्त्रालय पाउने


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ७ : ४५   बजे

विराटनगर । कोसी प्रदेशमा सत्तारूढ नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच मन्त्रालय बाँडफाँटमा सहमति भएको छ। सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय र नेकपाले चार मन्त्रालय पाउने भएका छन्।

दुई दलबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन सोमबार दिउँसो ३ बजे शपथग्रहण समारोहबाट गरिने तयारी छ। मन्त्रालयको संख्या टुंगिए पनि कुन दलले कुन–कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा भने अन्तिम निर्णय हुन बाँकी रहेको नेताहरूले बताएका छन्।

शुक्रबार भएको बैठकमा एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पार्टी नेतृत्वसँग छलफल गरी मन्त्रालयको संख्या निर्धारण गरेका हुन्।

एमालेको भागमा पाँच, नेकपाको चार मन्त्रालय

सहमति अनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय सम्हाल्नेछ। अर्थ र आन्तरिक मामिला मन्त्रालय एमालेकै नेतृत्वमा रहने सहमति भएको बताइएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय भने नेकपाको भागमा पर्ने भएको छ। मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला मन्त्रालय आफैँसँग राख्न चाहेको नेताहरूले बताएका छन्।

यद्यपि, कुन मन्त्रालय कुन दलको भागमा पर्ने भन्ने विस्तृत विवरण आइतबार सार्वजनिक गर्ने तयारी छ।

नयाँ मन्त्रालय नथपिने

मन्त्रालयको संख्या बढाउन नयाँ मन्त्रालय थप्ने वा विद्यमान मन्त्रालय फुटाउनेभन्दा हाल कायम मन्त्रालयकै कार्यक्षेत्र मिलाएर सरकार सञ्चालन गर्ने विषयमा छलफल भएको छ।

एमालेले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई निरन्तरता दिने निर्णय गरेको छ। त्यसैले एमालेतर्फ तत्काल मन्त्री हेरफेर नहुने भएको छ।

उता नेकपाले भने सरकारमा नयाँ अनुहार पठाउने तयारी गरेको छ। सोलुखुम्बुका गोम्बु शेर्पा, इलामकी खिनु लङ्वा लिम्बु, मोरङकी गीता तिम्सिना र ओखलढुङ्गाका बाबुराम गौतमलगायतलाई मन्त्री बनाउने तयारी भइरहेको बताइएको छ।

नेकपाको भागमा स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार

सहमतिको प्रारम्भिक खाकाअनुसार यसअघि नेपाली कांग्रेसले सम्हाल्दै आएका केही मन्त्रालय नेकपाको भागमा पर्नेछन्। स्वास्थ्य, कृषि, वन तथा पर्यटन र भौतिक पूर्वाधार विकास मन्त्रालय नेकपाले सम्हाल्ने तयारी छ।

यद्यपि, सामाजिक विकास र कृषि मन्त्रालयबीच साटफेर हुन सक्ने सम्भावनाबारे पनि दुई दलबीच आन्तरिक छलफल भइरहेको बताइएको छ।

मुख्यमन्त्रीले विश्वासको मत लिने

मन्त्रिपरिषद् पुनर्गठनपछि मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। सोमबार मन्त्रीहरूको शपथपछि बुधबार दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने र सो बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ।

बजेट पारित भएपछि लामो समयदेखि स्थगित प्रदेश सभा बैठक पनि बुधबारदेखि पुनः सञ्चालन हुने भएको छ।

न्यूनतम साझा कार्यक्रम बनाइँदै

एमाले र नेकपाबीच मन्त्रालय बाँडफाँट टुंगिएसँगै नयाँ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम तयार गर्ने गृहकार्य सुरु भएको छ।

सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन साझा प्राथमिकता र कार्यक्रमलाई चाँडै अन्तिम रूप दिने तयारी छ। मन्त्रालयको आन्तरिक जिम्मेवारीमा आवश्यक हेरफेर गर्नुपरे मुख्यमन्त्री कार्की र नेकपा संसदीय दलका नेता आङ्बोबीच सहमतिका आधारमा निर्णय गर्ने समझदारी भएको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पत्रकार खेम भण्डारीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

झलनाथ खनाल र मोहनविक्रम सिंहबीच भेटवार्ता, राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल

सम्बन्धित

कोशीमा एमाले–नेकपाबीच मन्त्रालय बाँडफाँडमा सहमति, नेकपाले चार मन्त्रालय पाउने

चुनावपछि पहिलोपटक झापा जाँदै ओली, बालेनसँगको पराजयपछि गृहजिल्ला फर्किँदै

कोसी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर सोमबार, मन्त्रालय बाँडफाँटमा अझै सहमति जुटेन

कोसी प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीले राजीनामा दिने

दमक, गौरादह र इटहरीमा विद्युत् आपूर्ति सुधारका लागि प्रणाली सुदृढीकरण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu