ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीले राजीनामा दिने


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ३ : ०५   बजे

विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरणको तयारी अघि बढेपछि कोसी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिने भएका छन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार दिउँसो ३ः३० बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। उक्त बैठकपछि कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए।

तामाङका अनुसार कांग्रेसले आफ्ना मन्त्रीहरूलाई बुधबार नै राजीनामा दिन निर्देशन दिएको छ।

हाल कोसी सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन्।

कांग्रेस र एमालेबीचको सत्ता समीकरणमा २०८१ भदौ २८ गते कोसी प्रदेश सरकार गठन भएको थियो। त्यसपछि २०८२ पुस २२ गते मन्त्रिपरिषद् पुनर्गठन हुँदा कांग्रेसका यी नेताहरू मन्त्री बनेका थिए।

नयाँ सत्ता समीकरणको तयारी

एमाले र नेकपाबीच कोसी प्रदेशमा नयाँ सरकार गठन तथा मन्त्रिपरिषद् हेरफेरका विषयमा सहमति भएको बताइएको छ। नयाँ समीकरणअनुसार शुक्रबारसम्म मन्त्रिपरिषद् पुनर्गठन तथा विस्तार गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

कांग्रेसका मन्त्रीहरूको राजीनामासँगै वर्तमान एमाले–कांग्रेस गठबन्धनको कोसी प्रदेश सरकारको अध्याय अन्त्य हुने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी विद्रोहपछि पनि युवाका समस्या समाधान भएनन् : आङ्देम्बे

एमाले पुनर्जागरण अभियानद्वारा ओलीलाई आठबुँदे माग

सम्बन्धित

दमक, गौरादह र इटहरीमा विद्युत् आपूर्ति सुधारका लागि प्रणाली सुदृढीकरण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

भोजपुरमा २ करोड ६१ लाखको लागतमा मोटरेबल बेलिब्रिज निर्माण हुँदै

८३ वर्षमा पनि उस्तै जोस : मोटरसाइकल चढेर जनताका काममा दौडिन्छन् सांसद गयानन्द मण्डल

झापामा छुट्टाछुट्टै सवारी दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

फिदिममा रेबिजविरुद्ध खोप अभियान, ५३ पशुलाई खोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu