ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिदिममा रेबिजविरुद्ध खोप अभियान, ५३ पशुलाई खोप


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ५ : ३५   बजे

फिदिम  । पाँचथरमा पशुचौपायामा रेबिज सङ्क्रमणको जोखिम बढ्दै गएपछि फिदिम नगरपालिकाले कुकुर, बिरालोलगायत पशुचौपायालाई रेबिजविरुद्धको खोप लगाउन थालेको छ।

नगरपालिकाको पशु विकास शाखाले आइतबारदेखि सामूहिक खोप अभियान सुरु गरेको हो। अभियानको पहिलो दिन ५१ वटा कुकुर र दुई वटा बिरालोसहित ५३ वटा पशुलाई रेबिजविरुद्धको खोप लगाइएको शाखाले जनाएको छ।

पशु विकास शाखाका प्रमुख नारायण थापाका अनुसार सम्भावित रेबिज सङ्क्रमित कुकुरले टोकेका कुकुर तथा फिदिम बजार क्षेत्रमा रहेका सामुदायिक कुकुरलाई प्राथमिकतामा राखेर खोप लगाइएको हो। उनका अनुसार खोप अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

पाँचथरका फिदिम नगरपालिका, फाल्गुनन्द, हिलिहाङ र कुम्मायक गाउँपालिकाका विभिन्न क्षेत्रमा पछिल्लो समय पशुचौपायामा रेबिज सङ्क्रमण देखिन थालेपछि जोखिम न्यूनीकरणका लागि सामूहिक खोप अभियान सञ्चालन गरिएको हो।

नगरपालिकाले कुकुर वा अन्य पशुमा रेबिजसँग मिल्दोजुल्दो लक्षण देखिए तत्काल नगरपालिका कार्यालयलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

रेबिज सङ्क्रमित हुनसक्ने पशुबाट टाढा रहनसमेत नागरिकलाई अनुरोध गरिएको छ। असामान्य व्यवहार देखाउने, अत्यधिक आक्रामक हुने, लगातार भुक्ने, मुखबाट फिँज आउने, अत्यधिक र्‍याल बग्ने तथा हिँडडुलमा समस्या देखिने पशुबाट विशेष सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको हो।

फाल्गुनन्दमा पनि सामूहिक खोप

रेबिजको जोखिम बढेपछि फाल्गुनन्द गाउँपालिकाले पनि पशुचौपायालाई सामूहिक रूपमा रेबिजविरुद्धको खोप लगाउन थालेको छ। शनिबार र आइतबार गरी २५० भन्दा बढी कुकुर, बिरालो तथा अन्य पशुचौपायालाई खोप लगाइएको गाउँपालिकाको पशु विकास शाखाले जनाएको छ।

फाल्गुनन्द गाउँपालिकाका वडा नं. १, २, ५, ६ र ७ मा रेबिजका कारण ५० भन्दा बढी पशुचौपाया मरेको जनाइएको छ। सङ्क्रमणको जोखिम उच्च देखिएको फाल्गुनन्द–६ का किसानलाई समेत रेबिजविरुद्धको खोप लगाइएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार सङ्क्रमित पशुको सम्पर्कमा आएका किसानलाई प्राथमिकतामा राखिएको थियो। यस क्षेत्रमा पशुलाई टोक्ने सामुदायिक कुकुरमा रेबिज सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीले जोखिममा रहेका किसानलाई समेत खोप लगाउन सुझाव दिएका थिए।

स्वास्थ्यकर्मीको सुझाव तथा रेबिजविरुद्धको खोपका लागि आवश्यक मापदण्ड पूरा गरेपछि सम्बन्धित किसानलाई खोप लगाइएको गाउँपालिकाले जनाएको छ।

रेबिजको जोखिम बढिरहेका कारण पशुपालक तथा सर्वसाधारणलाई पशुको असामान्य व्यवहारप्रति सचेत रहन र शङ्कास्पद पशुसँग प्रत्यक्ष सम्पर्क नगर्न स्थानीय तहहरूले आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी विपत्तिमा विश्वको साथ : आर्थिक सहयोगदेखि बेलिब्रिज र डीएनए किटसम्म

बिहान उद्धार, दिउँसो सावधानी : रसुवा–नुवाकोटमा मौसमविद्को सुझाव

सम्बन्धित

रसुवा बाढीमा कोशीका १३८ जना सम्पर्कविहीन

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

सप्तकोसीको कटान तीव्र, बराहक्षेत्र र बेलकाका बस्ती जोखिममा

उपमेयरमाथि कर्मचारीमाथि हातपात गरेको आरोप, भनिन्– ‘कुटपिट गरेको होइन’

कोशीमा बढ्यो पानीको बहाव, १५ ढोका खोलियो; तटीय क्षेत्रमा उच्च सतर्कता

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu