ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोजपुरमा २ करोड ६१ लाखको लागतमा मोटरेबल बेलिब्रिज निर्माण हुँदै


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ७ : ०५   बजे

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सीमामा पर्ने फत्तेपुर दोभानमा मोटरेबल बेलिब्रिज निर्माण हुने भएको छ।

पिखुवा खोलामा बेलिब्रिज जडान गरी दुई गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने प्रक्रिया अघि बढाइएको हो। पूर्वाधार विकास कार्यालय भोजपुरका अनुसार पुल निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ भने आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भएको छ।

हाल वर्षाका कारण पिखुवा खोलामा पानीको बहाव बढेकाले निर्माण सुरु गर्न नसकिएको कार्यालयले जनाएको छ।

पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीका अनुसार बेलिब्रिज निर्माणका लागि २ करोड ६१ लाख ४८ हजार ८३५ रुपैयाँ लागत अनुमान गरिएको छ।

पुल निर्माणको जिम्मेवारी राउन कन्स्ट्रक्सन, उदयपुरले पाएको छ। वर्षा कम हुनासाथ निर्माण सुरु गर्ने तयारी रहेको कार्यालयले जनाएको छ। आगामी भदौको पहिलो सातादेखि निर्माण सुरु गरी निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले लामो समयको पहलपछि फत्तेपुर दोभानमा बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाउन सफल भएको बताए।

मोटरेबल पुलको अभावमा स्थानीयवासीले वर्षौंदेखि आवतजावतमा समस्या भोग्दै आएको उल्लेख गर्दै उनले पुल निर्माणपछि स्थानीय यातायात सहज हुने बताए।

स्थानीय सरोज राईका अनुसार स्थायी पुलको अभावमा विशेषगरी वर्षायाममा पिखुवा खोला पार गर्न निकै कठिन हुने गरेको छ। पुल निर्माण भएपछि दैनिक आवतजावतसँगै स्थानीयको जीवनयापनमा समेत सहजता आउने अपेक्षा गरिएको छ।

अध्यक्ष राईका अनुसार पुल निर्माण सम्पन्न भएपछि उक्त क्षेत्र अरुण करिडोरसँग सहज रूपमा जोडिनेछ।

त्यसपछि तिवारी भञ्ज्याङदेखि धरानसम्मको दूरी करिब ८१ किलोमिटरमा सीमित हुने र यसबाट यातायात, व्यापार तथा सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।

फत्तेपुर दोभानमा निर्माण हुने बेलिब्रिजलाई स्थानीय यातायात पूर्वाधार सुधारसँगै भोजपुरका ग्रामीण क्षेत्रलाई अरुण करिडोर र धरानसँग जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी विपत्तिमा विश्वको साथ : आर्थिक सहयोगदेखि बेलिब्रिज र डीएनए किटसम्म

बिहान उद्धार, दिउँसो सावधानी : रसुवा–नुवाकोटमा मौसमविद्को सुझाव

सम्बन्धित

रसुवा बाढीमा कोशीका १३८ जना सम्पर्कविहीन

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

सप्तकोसीको कटान तीव्र, बराहक्षेत्र र बेलकाका बस्ती जोखिममा

उपमेयरमाथि कर्मचारीमाथि हातपात गरेको आरोप, भनिन्– ‘कुटपिट गरेको होइन’

कोशीमा बढ्यो पानीको बहाव, १५ ढोका खोलियो; तटीय क्षेत्रमा उच्च सतर्कता

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu