ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दी छाडेर र्‍यापको बाटोमा ‘डीके सागर’


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १० : ०५   बजे

काठमाडौं। धनुषाको बनिनिया गाउँका धनवीर यादव अहिले ‘डीके सागर’ र ‘यादव सरकार’ नामले र्‍याप संगीतमा चिनिन थालेका छन् । आर्थिक अभावका कारण इँटाभट्टादेखि औषधि पसलसम्म काम गरेका यादवले भेटेरिनरी साइन्स अध्ययन गरे । त्यसपछि करिब पाँच वर्ष सशस्त्र प्रहरी बलमा बिताए । अहिले भने उनले बर्दी छाडेर संगीतलाई आफ्नो करिअर बनाउने बाटो रोजेका छन् ।

परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले अध्ययनसँगै विभिन्न काम गरेका यादवको संगीतप्रतिको रुचि भने सानैदेखिको हो । विशेषगरी र्‍यापलाई आफ्ना भावना, भोगाइ र सामाजिक विषय व्यक्त गर्ने माध्यम बनाएका उनले सशस्त्र प्रहरीमा कार्यरत रहँदासमेत गीत लेख्न छाडेनन् ।

खोटाङको पहाडी क्षेत्रदेखि तराईका सीमा नाकासम्म जिम्मेवारी निर्वाह गरेका यादवले जागिरकै क्रममा ‘जनचेतना’ गीत सार्वजनिक गरे । गीतले चर्चा पाएपछि उनको सांगीतिक परिचय थप बलियो बन्यो । गीत सार्वजनिक भएको केही दिनमै मोटरसाइकल दुर्घटनामा परेर अस्पताल भर्ना भएका उनले गीतले मिलियन भ्युज पार गर्दासमेत त्यसको खुसी खुलेर मनाउन नपाएको सम्झन्छन् ।

जागिरभन्दा संगीत रोजे

संगठनको अनुशासन र आफूले खोजेको सांगीतिक स्वतन्त्रताबीच तालमेल नमिलेपछि यादवले करिब एक महिनाअघि सशस्त्र प्रहरीको जागिर छाडेका हुन् ।

उनका अनुसार संगठनभित्र तल्लो तहका कर्मचारीमाथि हुने व्यवहार, राजनीतिक हस्तक्षेप तथा सांगीतिक गतिविधिप्रतिको असहजताले जागिर छाड्ने निर्णयमा प्रभाव पारेको हो ।

र्‍याप लेखिरहेका बेला वरिष्ठ अधिकारीहरूले संगीत छाडेर जिम्मेवारीमा ध्यान दिन दबाब दिने गरेको उनको भनाइ छ । आफूलाई स्वतन्त्रता र सम्मान आवश्यक रहेको बताउँदै यादवले बर्दी छाडेपछि पिँजडाबाट मुक्त भएको चराको जस्तो अनुभूति भएको बताएका छन् ।

‘मधेसी भएकै कारण विभेद भयो’

यादवले आफूले मधेसी भएकै कारण कलेज जीवनदेखि नै विभेद र अपमान भोग्नुपरेको अनुभव सुनाएका छन् । सिन्धुलीमा कलेज पढ्दा आफूलाई ‘मधिसे’ भनेर हेप्ने र कुटपिट गर्न खोज्ने घटना भएको उनको भनाइ छ ।

सशस्त्र प्रहरीमा प्रवेश गरेपछि पनि विभेदको अनुभूति अन्त्य नभएको उनी बताउँछन् । भेटेरिनरी साइन्स अध्ययन गरेको योग्यता हुँदाहुँदै सम्बन्धित शाखाको तालिममा अवसर नपाएको र आफ्ना पहाडी साथीहरूले सहज रूपमा अवसर पाएको उनको गुनासो छ ।

उनका अनुसार बर्दी सबैका लागि एउटै भए पनि अवसरमा समानता नभएको अनुभूति भयो । अहिले भने उनी आफ्ना भोगाइ, सामाजिक विभेद र संघर्षलाई र्‍यापमार्फत अभिव्यक्त गर्दै संगीतकै यात्रालाई अगाडि बढाउने तयारीमा छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक

१९७४ एडीले १५ वर्षपछि डेनमार्कमा दियो प्रस्तुति, फ्रान्समा पहिलोपटक कन्सर्ट

प्रदीप र सनिशाको ‘शुभ विवाह’ घोषणा, फागुन २१ गतेदेखि प्रदर्शन हुने

‘गौँथली’को ऐतिहासिक सफलता, ‘कबड्डी–४’लाई पछि पार्दै बन्यो दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

‘ल्याङ्ग ल्याङ्ग’मा गुराँस ढकाल मुख्य भूमिकामा अनुबन्धित

नेपालमा ‘स्पाइडरम्यान : ब्रान्ड न्यू डे’को ग्रसकलेक्सन १४ करोड ७५ लाख

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu