लुम्बिनी,२ बैशाख । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ३ पडरिया गाँउका १९ जना किसानको ५० बिगहा गँहुबालीमा भएको आगलागीबाट गँहुबाली नष्ट भएको छ ।
हावाहुरीको समयमा अचानक शनिवार बिहानै ११ बजे सानो पडरियाको सिमानमा आग लागि हुदा क्रमशः नजीर मिया,मतिउल्लाह मुसलमान, समीम मुसलमान,नसीम मुसलमान,हबिुरहमान, गफफार मुसलमान,कलाम खाँ गुच्चे मुसलमान , अजमत अलि, अजीमुल्लाह मुसलमान, अहमद हुसेन, सलाहुद्दीन, याकूफ नाँउ , नजीर मिया र मोहम्मद मुसलमानको करीब ५० बिगहा गहुबाली जलेर नष्ट भएको हो ।
यसै गरि शुक्रवार भएको आगलागिबाट ठूलो पडरियाका सोनाउल्लाह मुसलमान, हबीबुल्लाह मुसलमान, तथा गरीबुल मुसलमानको नौ बिगहा गँहुबाली जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
कम्पायईन मेशिनले काटेको आफनो खेतको गँहुको ठूटो जलाउन लाग्दा हावाले अर्कातीन जना किसानहरुको नौ बिगहा गँहुबाली जलाए पछि पडरिया गाँउका किसान बहोरन लोधलाई ५५ हजार गाँउ समाजले क्षतिपूर्ति वापत जरिवाना समेत तिर्न लगाएको स्थानीय समीउल्लाह मुसलमानले जानकारी गराए । गँहुखेतमा भीषण आगलागि हुदा अग्नि नियन्त्रणका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका तथा सिद्धार्थनगर नगरपालिकाबाट आएको दमकलले तीन घण्टा पछि आगो निभाउन सफल भएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम राउत क्षेत्रीले बताए ।
गर्मी मौषममा आगलागिको प्रकोप बढने भएकोले सरोकारवाला निकायहरु आगलागि न्यूउनीकरणका उपाय सम्बन्धी गाँउगाँउमा जनचेतना जागउन अति आवश्यक रहेको जानकारहरुले सुझाव दिएका छन ।
प्रतिक्रिया दिनुहोस्