ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होटल व्यवसायीहरुको बेवास्ता, तीन होटलले मात्र गरे ईआईए


एबीसी न्यूज
२ बैशाख २०७५, आइतबार   १ : ४६   बजे

काठमाडौं, २ वैशाख । वातावरण विभागले २०५४ सालबाटै कानुन ल्याएर होटल सञ्चालन गर्दा अनिवार्य रुपमा ईआईए र वातावरणीय परीक्षण आईईई गराउनुपर्ने प्रावधान ल्याएको थियो । तर होटल व्यवसायीहरुले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।
नेपालका तीनवटा होटलले मात्र वातावरणीय प्रभाव मूल्याङ्कन  ईआईए गरेर सञ्चालन गरेको पाइएको छ । वातावरण विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ईआईए गर्नेहरुमा फाइभ स्टार डिलक्स होटल एन्ड रिक्रिएसन सेन्टर मुगु, कङ्गो भ्यू रिसोर्ट कङ्गोबारी चौरीखर्क सोलुखुम्बु र फारक्पा भिलेज रिसोर्ट चौरीखर्क सोलुखुम्बु छन् ।

वातावरण विभागले २०५४ सालबाटै कानुन ल्याएर होटल सञ्चालन गर्दा अनिवार्य रुपमा ईआईए र वातावरणीय परीक्षण (आईईई)गराउनुपर्ने प्रावधान ल्याएको थियो । तर होटल व्यवसायीहरुले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।

वातावरण विभागका वातावरण निरीक्षक भुवन शर्माले २०५४ अघि बनेका होटलले भने ईआईए र आईईई गराउनु नपर्ने बताएका छन् । ‘०५४ सालअघि बनेका होटलले नयाँ संरचना र नयाँ स्वरुप बनाउँदा भने अनिवार्य रुपमा आईईई र ईआईए गराउनुपर्छ,’ शर्माले भने, ‘नयाँ होटल आईईई र ईआईए प्रतिवेदन पास नभएसम्म सञ्चालन गर्न पाइँदैन ।’ तर नेपालका ९९ प्रतिशत होटलले आईईई र ईआईए पास गराएका छैनन् ।

वातावरण विभागले ऐनकानुन ल्याए पनि पर्याप्त मात्रामा जनशक्ति नभएकै कारण अनुगमन गर्न नसकिएको वातावरण निरीक्षक शर्माको भनाइ छ । ‘सुरुमा आवश्यक जनशक्ति थिएनन्, अनुगमन र निरीक्षण गर्न पाइएन, अब जनशक्ति पूरा छ, अनुगमनलाई कडाइका साथ अगाडि बढाउँछौँ,’ उनले भने । अनुमगनका क्रममा आईईई र ईआईए नगरेको पाइए सुरुमा स्पष्टीकरण सोध्ने, त्यति गर्दा पनि अटेर गरेमा १ लाख रुपैयाँसम्मको जरिवाना गर्ने र बन्द गर्नेसमेतको अधिकार आफूहरुसँग रहेको शर्माको भनाइ छ ।

पचास बेडदेखि १ सय बेडसम्मका होटलले आईईई गराउनुपर्ने र त्योभन्दा धेरै बेड भएका होटलले भने ईआईए नै गराउनुपर्ने उल्लेख गरिएको छ । कुनै पनि उद्योग सञ्चालन गर्नुअघि त्यस आसपासका स्थानीयहरुलाई अनिवार्य जानकारी र उनीहरुको स्वीकृति   लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group