ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, केहीमा राति आवागमन बन्द


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ७ : ५५   बजे

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा सडक कटानका कारण देशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। प्रहरी प्रधानकार्यालयले शनिबार बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकखण्डमा सवारीसाधनको आवागमन रोकिएको जनाएको छ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने यातायात सञ्चालन हुने जनाइएको छ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ।

यी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडकबाट आवागमन गर्न सकिने प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४, चारकिलो पहिरो–लिपिङ सडकखण्ड सडक भासिएपछि पूर्ण रूपमा बन्द भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

भेरी करिडोर र मध्यपहाडी लोकमार्ग प्रभावित

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६, रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर तथा धौलापहिरामा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा भूस्खलन हुँदा घोराही–थबाङ सहिद मार्ग दुई स्थानमा पूर्ण रूपमा बन्द भएको छ।

सडक खुलाउने प्रयास जारी

अवरुद्ध सडकखण्ड सञ्चालनमा ल्याउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। लगातार वर्षा भइरहेकाले थप बाढी, पहिरो तथा सडक अवरोध हुनसक्ने भन्दै सवारी चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न र अवरुद्ध सडकबारे जानकारी लिन सम्बन्धित प्रहरी कार्यालय तथा स्थानीय प्रशासनसँग सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोदी खोलामा एक महिनामै तेस्रोपटक बाढी, दुई पुल र मन्दिर बगायो

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मोदी खोलामा एक महिनामै तेस्रोपटक बाढी, दुई पुल र मन्दिर बगायो

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

समय रैनासहित पाँच कमेडियनविरुद्धको आपराधिक मुद्दा खारेज

आज ३१ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

Why Dreams Are Postponed: The Psychology of Delayed Ambition

Ukraine Strikes and Potential Mobilization Threaten Stability in Russia

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu