ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातारको वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, यातायात प्रभावित


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ७ : ५५   बजे

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी, पहिरो र सडक कटान हुँदा राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा सवारीसाधनको आवागमन प्रभावित भई यात्रु समस्यामा परेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको जोखिम बढेपछि दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सो सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुनेछ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

विभिन्न राजमार्ग अवरुद्ध

इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सो स्थानमा वैकल्पिक मार्ग भने उपलब्ध रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो, लिपिङ क्षेत्रमा सडक भासिँदा सडक पूर्ण रूपमा बन्द भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

मध्यपहाडी लोकमार्गमा पनि पहिरो

रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र धौलापहिरामा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग समेत पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा भूस्खलन हुँदा घोराही–थबाङ सहिद मार्ग दुई स्थानमा पूर्ण रूपमा बन्द भएको छ।

सडक खुलाउने प्रयास

अवरुद्ध सडकहरू खुलाउन सम्बन्धित स्थानीय तह, सडक कार्यालय तथा प्रहरीले आवश्यक पहल गरिरहेको जनाइएको छ। वर्षा अझै जारी रहेकाले अन्य सडकखण्डमा समेत बाढी, पहिरो र सडक कटानका कारण थप अवरोध आउन सक्ने प्रहरीले जनाएको छ।

प्रहरीले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिटौलाको आरोप– ‘लहडमा’ गगन नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिइयो

काठमाडौँ उपत्यकामा आज वर्षाको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Why Dreams Are Postponed: The Psychology of Delayed Ambition

Ukraine Strikes and Potential Mobilization Threaten Stability in Russia

The Science of Gratitude: How Focusing on Positivity Benefits Well-being

Trump Announces Plan To Declare Strait Of Hormuz A ‘Territory’ As War With Iran Continues

Nepal’s Jagdishpur Lake Bird Sanctuary Plan Stalls Despite Millions in Funding

रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu