ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेन–जीका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ५ : ३५   बजे

काठमाडौँ । सरकारले जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ।

अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

संशोधित कार्यविधिमा जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। कार्यविधिअनुसार शहीद परिवार वा घाइतेलाई अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउन सकिनेछ।

कर्जा लिन नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट शहीद परिवार वा घाइते भएको प्रमाणीकरण गराउनुपर्नेछ। कार्यविधिले ‘जेन–जी आन्दोलनका शहीद परिवार’ भन्नाले आन्दोलनमा शहीद भएका व्यक्तिका पति, पत्नी, छोरा, छोरी, बाबु वा आमालाई जनाउने स्पष्ट पारेको छ।

कुन क्षेत्रमा कर्जा पाइन्छ ?

सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग र स्टार्टअप उद्यम सञ्चालनमा प्रयोग गर्न सकिनेछ।

त्यसैगरी, नेपाल सरकारले समय–समयमा तोक्ने अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसायका लागि पनि यस्तो कर्जा लिन सकिने व्यवस्था गरिएको छ।

सरकारले आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यमशीलतामार्फत आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तनहुँ र लमजुङमा भारी वर्षा, मादीखोलालगायत नदीमा बहाव बढ्न सक्ने

खगराज भट्टको पहिलो निर्णय : सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार

सम्बन्धित

स्वास्थ्य बिमा अब घरबाटै अनलाइन दर्ता र नवीकरण गर्न सकिने

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल, करोडौँको लगानी खेर जाने जोखिम

प्रवासी नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

नेपाल टेलिकमको नाफा ४७.५८ प्रतिशतले बढ्यो, ८ अर्ब ६८ करोड कमाइ

गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता

लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu