ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अध्यक्ष हटाउने कुरा बेकार’, ओलीले भने– ‘यसका पछाडि कुनै दम छैन’


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ८ : ४५   बजे

इलाम । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाउने प्रयास गरिरहेका पार्टीभित्रका नेताहरूप्रति आक्रोश व्यक्त गरेका छन्। उनले महाधिवेशनले तोकेको विधि र प्रक्रियाबाहिर गएर अध्यक्ष हटाउने प्रयास गर्नु अनुशासनहीनता भएको बताएका छन्।

शनिबार इलामको फिक्कलमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही व्यक्तिले आफूलाई हटाउने चर्चा गरिरहेको भन्दै त्यस्ता गतिविधिको कुनै दम नभएको बताए।

‘पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू अध्यक्ष हटाउने कुरा ख्याल हो, ठट्टा हो जस्तो गर्ने,’ ओलीले भने, ‘अध्यक्षलाई हटाउने, पार्टी सदस्य छ कि छैन, उरण्ठेउलाहरू भेला भएका छन्, अध्यक्ष हटाउने!’

उनले आफूलाई हटाउने भन्दै हस्ताक्षर अभियान चलाइएको विषयमा पनि टिप्पणी गरे। ‘अध्यक्ष हटाउने, कहिले हटाउने हो, हटाइदेऊ न,’ ओलीले भने, ‘कोही हस्ताक्षर गर्दै हिँड्या छन्, अध्यक्ष हटाउने। यसका पछाडि केही दम छैन, केही छैन।’

विरोधीको प्रहारबीच पार्टीभित्र विवाद नगर्न आग्रह

ओलीले पार्टीमाथि विरोधीहरूले तीव्र प्रहार गरिरहेका बेला एमालेभित्रै असन्तुष्टि र विवाद बढाउनु उचित नभएको बताए।

‘जतिबेला विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइरहेको छ। सिंगै पार्टी एकजुट भएर सामना गर्नुपर्ने ठाउँमा त्यतिबेलै पार्टीभित्र अध्यक्ष हटाउँछु भन्याछ,’ उनले भने, ‘अहिले यी सबै कुरा बेकारका कुरा हुन्।’

पार्टीभित्र देखिएको यस्तो गतिविधिलाई उनले अनुशासनहीनताको संज्ञा दिए। महाधिवेशनले तोकेको विधि, प्रक्रिया र समयबाहिर गएर गरिने गतिविधिको कुनै अर्थ नरहेको ओलीको भनाइ छ।

चुनावपछि पहिलोपटक पूर्वमा

निर्वाचनपछि पहिलोपटक पूर्वी नेपाल पुगेका ओली शनिबार झापाको चन्द्रगढी विमानस्थल हुँदै इलाम पुगेका हुन्। विमानस्थलमा पार्टी कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नेताहरूले उनलाई स्वागत गरेका थिए।

चन्द्रगढीबाट सिधै फिक्कल पुगेका ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरेका थिए। त्यसपछि साँझ इलाम बजार पुगेर जिल्लाका अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका छन्।

ओलीले पार्टीभित्र देखिएको अनुशासनहीनता र अराजक गतिविधिले संगठनको एकता कमजोर पार्न सक्ने भन्दै यस्ता गतिविधि तत्काल रोक्नुपर्नेमा जोड दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Judge Rejects Bid to Break Up Google’s Ad Business

Israel Kills or Injures Seven Children Daily in Lebanon Invasion

Dolly Parton’s Legacy: A National Treasure Remembered

Iran Fires on Gulf Neighbors After US Strikes Hit Wedding Party

Carney Urges Trump Administration to Resume Serious Trade Talks

Gaza Amputees Struggle Under Blockade and Rubble

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu