ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन झापा र इलाममा


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ८ : ४५   बजे

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निर्वाचनपछि पहिलोपटक औपचारिक कार्यक्रममा सहभागी हुन गृहप्रदेश आएका छन्। गएको फागुन २९ गते सम्पन्न निर्वाचनपछि ओली शनिबार झापा हुँदै इलाम पुगेका हुन्।

चन्द्रगढी विमानस्थलमा अवतरण गरेका ओली इलामको फिक्कलतर्फ लागेका छन्। उनले फिक्कलमा हुने लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।

कार्यक्रममा देशभरबाट महासङ्घका केन्द्रीय सदस्य तथा इलाममा रहेका एमाले नेता–कार्यकर्ताको सहभागिता रहनेछ।

एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार ओली आज इलाममै बस्नेछन्। इलाम बसाइका क्रममा उनले इलाम, पाँचथर र ताप्लेजुङका अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ। यस्तै, इलामका व्यापारी तथा बुद्धिजीवीसँग पनि ओलीले भेट गर्ने कार्यक्रम तय भएको कार्कीले जानकारी दिए।

झापाबाट ‘मिसन जनजागरण’ अभियान सुरु

ओलीले आइतबार झापाबाट एमालेको ‘मिसन जनजागरण अभियान’ शुभारम्भ गर्ने भएका छन्। आगामी स्थानीय तह तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी एमालेले अभियान सञ्चालन गर्न लागेको हो।

गत फागुनमा भएको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि जनतासँगको सम्बन्ध सुदृढ गर्ने र पार्टी संगठनलाई थप चलायमान बनाउने उद्देश्यले अभियान सुरु गर्न लागिएको एमालेले जनाएको छ।

झापाबाट सुरु हुने अभियान देशभरका ७५३ वटै स्थानीय तहका वडा तहसम्म सञ्चालन गरिने एमालेले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

गृहमन्त्री गुरुङ गोरखामा, नागरिकका गुनासा सुन्दै

सम्बन्धित

कोसीमा एमाले–नेकपा मन्त्रालय बाँडफाँट टुंगियो, एमालेले पाँच र नेकपाले चार मन्त्रालय पाउने

कोशीमा एमाले–नेकपाबीच मन्त्रालय बाँडफाँडमा सहमति, नेकपाले चार मन्त्रालय पाउने

चुनावपछि पहिलोपटक झापा जाँदै ओली, बालेनसँगको पराजयपछि गृहजिल्ला फर्किँदै

कोसी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर सोमबार, मन्त्रालय बाँडफाँटमा अझै सहमति जुटेन

कोसी प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीले राजीनामा दिने

दमक, गौरादह र इटहरीमा विद्युत् आपूर्ति सुधारका लागि प्रणाली सुदृढीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu