काठमाडौँ । नेपाल आयल निगमले आइतबार काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास वितरणका लागि सात वटा बिक्री केन्द्र तोकेको छ। उपभोक्ताले तोकिएका केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास खरिद गर्न सक्नेछन्।
निगमका अनुसार टेकु परिसरमा नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सगर ग्यास उपलब्ध हुनेछ। पशु सेवा शाखा चपली बुढानीलकण्ठबाट नेपाल, एचपी र भानु ग्यास वितरण गरिनेछ।
त्यस्तै, राधास्वामी कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ग्यास बिक्री गरिनेछ। नयाँ बजार जुडो हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास उपलब्ध हुनेछ।
तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी तथा चन्द्रागिरि नगरपालिकाबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ग्यास वितरण गरिने निगमले जनाएको छ।
राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री गरिनेछ।
बिक्री केन्द्र र उपलब्ध ग्यास
- टेकु परिसर: नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर
- पशु सेवा शाखा, चपली बुढानीलकण्ठ: नेपाल, एचपी, भानु
- राधास्वामी, कीर्तिपुर: नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साइबाबा, श्रीमाया
- नयाँ बजार जुडो हल परिसर: नेपाल, एचपी, ओम
- तारकेश्वर नगरपालिका परिसर: नेपाल, एचपी
- चन्द्रागिरि नगरपालिका: लोकप्रिय, नेपाल, एचपी, श्रीमाया
- राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी: नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम, एसटीसी
निगमले ग्यास खरिद गर्न आउने उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउन अनुरोध गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्