काठमाडौं । काठमाडौं उपत्यकामा आज आइतबार दिउँसो तथा राति मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार उपत्यकामा दिनभर मौसम बदली रहने र विभिन्न समयमा वर्षा हुन सक्ने देखिएको छ।
अधिकारीका अनुसार बिहानैदेखि उपत्यकाका केही स्थानमा छिटपुट वर्षा भइरहेको छ। बिहान ८/९ बजेदेखि ११/१२ बजेसम्म वर्षाको गतिविधि केही कम हुने सम्भावना रहे पनि त्यसपछि पुनः वर्षा सुरु हुन सक्ने उनले बताए।
उनका अनुसार आज दिउँसो र राति गरी काठमाडौं उपत्यकामा मध्यम वर्षा हुने सम्भावना छ। वर्षासँगै दिनभर आकाशमा बादल लागिरहने मौसमविद्को अनुमान छ।
वर्षाको सम्भावना रहेकाले बाहिर निस्कने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन तथा यात्रा गर्दा मौसमको अवस्थालाई ध्यान दिन आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्