ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वप्रकाशको टिप्पणी– ‘खेलजस्तै राजनीतिमा पनि विधि मान्नुपर्छ, गल्ती गरे पहेँलो–रातो कार्ड’


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ७ : ४५   बजे

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको विवाद समाधानदेखि राजनीतिक गतिविधिसम्म सबै कुरा विधि र नियमअनुसार अघि बढ्नुपर्ने बताएका छन्। खेलको उदाहरण दिँदै उनले राजनीतिमा पनि गल्ती गर्नेहरूलाई जनताले ‘पहेँलो कार्ड’ र ‘रातो कार्ड’ देखाउने चेतना राजनीतिक दल र नेताहरूमा हुनुपर्ने बताए।

शनिबार ‘झापा–१ काठमाडौं कप फुटसल प्रतियोगिता’ स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले खेलमा निश्चित नियम र अनुशासन भएजस्तै राजनीतिमा पनि संविधान, कानुन, पार्टी विधान, निर्वाचन आयोग र अदालतका निर्णयलाई मान्नुपर्ने धारणा राखे।

उनले भने, ‘खेलको मैदानमा कसैले गल्ती गर्नुहुन्छ, पहेँलो कार्ड देखाइन्छ। फेरि गल्ती गर्‍यो भने रातो कार्ड देखाइन्छ। त्यसैले राजनीतिमा पनि हामीले गल्ती गर्‍यौँ भने हामीलाई पहेँलो कार्ड देखाइन्छ, रेड कार्ड देखाइन्छ भन्ने कुराको चेतना राजनीतिज्ञहरूले राख्नुपर्छ।’

कांग्रेसभित्र सभापति र केन्द्रीय कार्यसमितिको वैधानिकतालाई लिएर जारी विवादतर्फ संकेत गर्दै शर्माले विशेष महाधिवेशन पार्टीको विधिअनुसार सम्पन्न भएको दाबी गरे। त्यसबाट उत्पन्न विवादमा सर्वोच्च अदालतको फैसला आइसकेको भन्दै अदालतको निर्णयलाई स्वीकार गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

शर्माले सर्वोच्च अदालतले नेपाली कांग्रेसको केन्द्रीय समिति बदर नगरेको र गगनकुमार थापालाई सभापति नरहेको भन्ने निर्णयसमेत नगरेको दाबी गरे। त्यसैले पार्टीको सभापति र केन्द्रीय समितिको विषयमा अन्योल सिर्जना गर्न आवश्यक नरहेको उनको भनाइ थियो।

‘अदालतले नेपाली कांग्रेसको केन्द्रीय समिति बदर गरेको छैन। सभापति गगन थापा होइन भनेर उल्ट्याएको अवस्था बिलकुलै होइन। त्यसैले नेपाली कांग्रेसको सभापति को हो भनिरहँदा उहाँहरू अलमलिनुपर्ने, केन्द्रीय समिति को हो भन्दा अलमलिनुपर्ने अवस्था छैन,’ उनले भने।

‘नेमप्लेट राख्दैमा सभापति हुँदैन’

शर्माले पार्टीभित्र समानान्तर गतिविधि गरेर पद र नेतृत्व दाबी गर्ने प्रवृत्तिमाथि पनि कटाक्ष गरे। कुनै स्थानमा नेमप्लेट राख्दैमा पार्टीको वैधानिक पद प्राप्त नहुने उनको टिप्पणी थियो।

‘अब यता नेमप्लेट राख्ने, उता राख्ने, उहाँ पनि सभापति हो, उहाँ पनि कार्यसमिति हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा खेलको नियम र विधिभन्दा बाहिरको कुरा हुन्छ,’ उनले भने।

उनका अनुसार कांग्रेसको विवाद पनि राजनीतिक आवेग र व्यक्तिगत दाबीका आधारमा नभई पार्टी विधान र कानुनी प्रक्रियाबाट समाधान हुनुपर्छ। राजनीतिक गतिविधिलाई खेलसँग तुलना गर्दै उनले मैदानमा खेलाडीले आफ्नै नियम बनाउने छुट नपाएजस्तै राजनीतिक दलका नेताहरूले पनि आफूअनुकूल विधि निर्माण गर्न नहुने बताए।

निर्वाचन आयोग र अदालतलाई ‘रेफ्री’को भूमिका

शर्माले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई राजनीतिक प्रक्रियाका ‘रेफ्री’का रूपमा व्याख्या गरे। खेलमा रेफ्रीले दिएको निर्णय खेलाडी वा दर्शकले आफ्नो इच्छाअनुसार उल्ट्याउन नसक्ने उदाहरण दिँदै उनले राजनीतिमा पनि संवैधानिक तथा कानुनी निकायको निर्णय मान्नुपर्ने बताए।

‘विधिलाई मानेर जस्तै रेफ्रीले पहेँलो कार्ड देखाउने हो, बाहिरबाट दर्शकले पहेँलो कार्ड देखाउन पाइन्छ र? पाइँदैन नि,’ उनले भने, ‘त्यस्तै राजनीतिमा पनि निर्वाचन आयोग हुन्छ, सर्वोच्च अदालत हुन्छ। उसले देखाएको पहेँलो कार्ड या रेड कार्डलाई हामीले मान्नुपर्ने हुन्छ।’

उनले राजनीतिक दलभित्रको विवादलाई थप जटिल बनाउनेभन्दा संस्थागत प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिए। शर्माको भनाइले कांग्रेसभित्र विशेष महाधिवेशनपछि देखिएको दुई धारको नेतृत्व विवाद अझै गहिरो रहेको संकेत गर्छ।

एकातिर संस्थापन इतर समूहले विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएको र त्यसलाई अदालत तथा निर्वाचन आयोगको निर्णयले वैधानिकता दिएको दाबी गरिरहेको छ भने अर्कोतिर देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै १५औँ महाधिवेशन आयोजना गर्ने अधिकार रहेको बताउँदै आएको छ।

यही विवादबीच शर्माले भने राजनीतिक नेतृत्वले भावनात्मक तथा व्यक्तिगत दाबीभन्दा विधि, प्रक्रिया र संस्थागत निर्णयलाई आधार बनाएर अघि बढ्नुपर्ने धारणा दोहोर्‍याएका हुन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Judge Rejects Bid to Break Up Google’s Ad Business

Israel Kills or Injures Seven Children Daily in Lebanon Invasion

Dolly Parton’s Legacy: A National Treasure Remembered

Iran Fires on Gulf Neighbors After US Strikes Hit Wedding Party

Carney Urges Trump Administration to Resume Serious Trade Talks

Gaza Amputees Struggle Under Blockade and Rubble

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu