काठमाडौं,२ बैशाख । प्रहरी महानिरीक्षक सवेन्द्र खनालले कुनै लोभ, लालचमा पर्ने तथा गुन्डार्दी गर्नेसंग उठवस गरको पाइए कसैलाइ पनि नछोडिने बताउनु भएको छ ।
महानिरीक्षकमा बढुवा भएको ५ दिनपछि उपत्यकाभरिका प्रहरी इकाइमा कार्यरत् कर्मचारीलाई ब्रिफिङ गर्दै खनालले इमान्दारितापूर्वक जनताको सेवामा खटिन निर्देशन समेत दिनुभएको छ ।
आइतबार प्रहरी क्लब, भृकुटीमण्डमा भएको ब्रिफिङमा आईजीपी खनालले भने, ‘अहिले व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको छ, यसलाई अन्त्य गरी सबैलाई समान व्यवहार गर्नुस् ।’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्