ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोट पहिरोमा घाइते एकको मृत्यु, दुई जना अझै बेपत्ता


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ८ : १५   बजे

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा लगातारको वर्षापछि गएको पहिरोमा परी घाइते भएका ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको छ। गम्भीर घाइते कार्कीलाई थप उपचारका लागि हिजो नै कोहलपुर मेडिकल कलेज रेफर गरिएको थियो।

कार्कीको उपचारकै क्रममा आज बिहान मृत्यु भएको उनका आफन्त टीकारजंग वलीले जानकारी दिएका छन्।

पहिरोमा परी थप दुई जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार बेपत्ता हुनेमा भेरी नगरपालिका–२ फारुलाका ५४ वर्षीय उमासिंह खत्री र सोही वडाको चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका छन्।

पहिरोबाट सात जना घाइते भएका छन्। घाइते हुनेमा भेरी नगरपालिका–२ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीया भद्राकली कार्की, ४५ वर्षीय सिद्धिबहादुर कामी, ४५ वर्षीय मनवीर चँदरा, ४७ वर्षीया मोतिकला विक र १६ वर्षीया मनिषा विक छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला अस्पताल जाजरकोटमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।

घाइते तथा प्रभावितको उद्धारका लागि अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा पाँच जनाको टोली परिचालन गरिएको छ।

पहिरोले भेरी नगरपालिका–३ जाजरकोट स्यालाका पूर्णबहादुर विकको छकोठे दुईतले ढुङ्गामाटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। सोही गाउँकी भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा ११ जना तथा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा १० जनाको टोली उद्धारका लागि घटनास्थलतर्फ परिचालन गरिएको थियो।

अविरल वर्षा र ठाउँ–ठाउँमा पहिरो खसिरहेका कारण प्रभावित क्षेत्रमा पुग्न सुरक्षाकर्मीलाई समेत कठिनाइ भइरहेको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोज तथा उद्धार कार्यमा परिचालित छन्।

बेपत्ता दुई जनाको खोजी तथा घाइतेहरूको उद्धार र उपचारलाई प्राथमिकतामा राखेर सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोजी कार्य जारी राखेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै देशभरका विभिन्न सडक अवरुद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

२८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, सतर्कता अपनाउन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

वर्षासँगै देशभरका विभिन्न सडक अवरुद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

२८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, सतर्कता अपनाउन आग्रह

रोल्पामा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु, चार दिनमा १८ जनाको ज्यान गयो

जाजरकोटमा बाढीपहिरो : एक जनाको मृत्यु, तीन बेपत्ता

Fever Surge Continues as Stephanie White Receives Fan Support

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu