मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको केन्द्र पुल बजार नदी कटान र पहिरोको उच्च जोखिममा परेको छ। बस्तीको तलबाट मुगु कर्णाली नदीले कटान गरिरहेको र माथिल्लो भागमा भिरालो पाखो रहेकाले स्थानीयवासी दोहोरो जोखिममा परेका हुन्।
लगातारको वर्षाका कारण माथिल्लो क्षेत्रमा पहिरो जाने जोखिम बढेको छ भने मुगु कर्णालीको बहाव बढ्दा नदी कटानले बस्तीमा थप क्षति पुर्याउने त्रास स्थानीयमा छ।
स्थानीयवासीका अनुसार नदीले बस्तीको तल्लो भाग कटान गर्दै गएपछि घर तथा संरचना जोखिममा परेका छन्। माथिबाट पहिरो खस्ने र तलबाट नदीले कटान गर्ने अवस्था रहेकाले उनीहरू वर्षायामभर त्रासमा बस्न बाध्य छन्।
स्थानीयले जोखिम न्यूनीकरणका लागि नदी नियन्त्रण, तटबन्ध निर्माण तथा पहिरो रोकथामका प्रभावकारी उपाय तत्काल अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्